प्रदिप नेपाल

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९९ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९८ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीका मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको थियो …

पुरा पढ्नुहॊस »

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए। आक्रमणकारीमाथि प्रहरीले जवाफी गोली प्रहार गरेको थियो। आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ। ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख क्याथरिन लेस्टरले भने। आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ।एजेन्सी

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन भाेलि

देशभरका साना उद्योगी तथा व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन चैत २२ गते मङ्गलबार हुने भएको छ। देशभरका झण्डै दुई दर्जन व्यापार सङ्घ आबद्ध महासङ्घको चौँथो वार्षिक साधारणसभा एवं दोस्रो राष्ट्रिय महाधिवेशन एभरेष्ट होटल नयाँ बानेश्वरमा हुन लागेको हो। साना उद्योगी तथा व्यवसायीलाई परेका समस्यालाई समाधान गर्दै मुलुकको आर्थिक विकासमा लाग्दै आएको महासङ्घले सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष नरेश कटुवालले जानकारी दिए। महासङ्घले पछिल्लो समय बैंक …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंककाे २४ औं वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आइतबार काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित ०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरि स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। सो सभाले मिति ०७८/०७/१० मा सम्पन्न सञ्चालक समितिको …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवा स्वदेश फर्किए

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए। भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्। भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए। मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए। देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौतासमेत भएको छ।

पुरा पढ्नुहॊस »

लक्ष्मी केयर्सको साइकल र्यालीमा उत्साहजनक सहभागिता

लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले “अरेन्ज लभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल र्यालीको १२औं संस्करण शनिबार काठमाडौंमा आयोजना गरेको छ । टुँडिखेल स्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो र्याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो । र्यालीपश्चात विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १००० भन्दा बढी हितैषीको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगितिक प्रस्तुति …

पुरा पढ्नुहॊस »

आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा

आजदेखि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढेको छ। यातायात व्यवस्था विभागले आइतबार नै भाडादरको सूची सार्वजनिक गरेको छ। सूचीमा जनाइए अनुसार अब एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ। पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको सूचीमा जनाइएको छ । मन्त्रालयले अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट …

पुरा पढ्नुहॊस »

आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय जिल्लाले गर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन्। नेपाली कांग्रेस तनहुँले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए। डा कोइरालाले धेरैजसो जिल्लामा कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गरे। तनहुँमा पनि केही ठाउँमा पुग्दा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कार्यकर्ताको भावना रहेको भन्दै उनले भने, “जहाँ आवश्यक हुन्छ …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका

नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ। बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो।

पुरा पढ्नुहॊस »

२३ जना कोरोना संक्रमण पुष्टि हुँदा ६६ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ९०९ नमूना परीक्षण गर्दा २३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ६६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३० हजार ४४८ रहेको छ।

पुरा पढ्नुहॊस »