राजनीतिक दलहरुले गरे निर्वाचन आचारसंहितालाई पालना गर्ने प्रतिवद्धता

आगामी स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउनका लागि छलफल गरेको थियो ।

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

सो आचारसंहिता आयोगले राजनीतिक दलहरुबाट प्राप्त सल्लाह, सुझावलाईसमेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरुलाई हस्ताक्षर गराइएको उनले जानकारी दिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार …

प्रतिकृया दिनुहॊस