News desk

कालोपत्रे सडक, बैंक र शिक्षाले फड्को मार्दै गौशाला बजार

जनकपुरधाम । महोत्तरीको गौशाला बजार चौतर्फी फड्को मारेको छ। एक दशकपछि पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग कालोपत्र सडकले जोडिएको गौशालामा एक दर्जनभन्दा बढी बैंकहरूको शाखा विस्तार गरेका छन् । तत्कालीन माओवादीको नेतृत्वमा भएको १२ वर्षे सशस्त्र जनयुद्ध र मधेसको सशस्त्र द्वन्द्वका कारण विकास ठप्प भएको गौशालामा कालोपत्रे सडकबाट पूर्व-पश्चिम राजमार्ग जोडिनुको साथै, वित्तीय संस्था, उच्च शिक्षासँगै निर्वाचित जनप्रतिनिधिले नगरको मुकाम गौशला बनाएपछि गौशला गुल्जार बनेको छ। स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसँगै स्थानीय …

पुरा पढ्नुहॊस »

पहिलाे पटक काठमाडौं-जनकपुर पर्यटकीय बस सञ्चालन

काठमाडाैं । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ। यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आइतबारदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो। प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश– २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न पर्यटन बस सञ्चालनमा ल्याएको बताए। काठमाडौँको सोह्रखुट्टेबाट बस दैनिक बिहान ७ बजे छुट्ने छ । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रह्लाद …

पुरा पढ्नुहॊस »

एकता नटुंगिँदै नेकपामा जन्मियो नयाँ धार

काठमाडाैं । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन्। पार्टी स्थायी कमिटी सदस्य …

पुरा पढ्नुहॊस »

सांसद भन्छन्- तलब भत्ता थोर भो !

काठमाडाैं । तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेका बेला उनीहरुले राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको गुनासो गर्न थालका छन्। अधिकांश सांसदले सचिवालयले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका खबर आजको समाचारपत्र दैनिकमा गंगा बरालले लेखेका छन्। प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरेको छ । तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी …

पुरा पढ्नुहॊस »

भारत, चीन र अमेरिकाको स्वार्थमा तानिँदै नेपाली सेना

काठमाडाैं । सैनिक साहयोग र तालिमका नाममा नेपाली सेनामाथि भारत, चीन र अमेरिकाको स्वार्थ वढ्दै गएको छ। चीन, अमेरिका र भारतले नेपाली सेनामाथि आँखा गाड्दै जानुमा केही रणनीतिक स्वार्थले काम गरेको खबर आजको नेपाल साप्ताहिकमा माधव बस्नेतले लेखेका छन्। पहिलो सैन्यशक्ति रहेको अमेरिका सुपर पावरमा टिकिरहन चहन्छ नै। सँगै चीनलाई निगरानी गर्ने उसको रणनीतिक योजना छ। ३० को दशकमा खम्पा विद्रोह दबाउन नेपाली सेनाले खेलेको भूमिका चीनले विर्सिएको छैन। ऊ एक …

पुरा पढ्नुहॊस »

प्रवासी नेपालीलाई इमेलमै प्रहरी रिपोर्ट

काठमाडाैं । अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्। इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी तयार गरेको रिपोर्ट अञ्जुको इमेल ठेगानामै पठाइदियो। देशबाहिर रहेकी अञ्जुले आवदेन पठाएको भोलिपल्टै प्रहरी रिपोर्ट पाउन सकिन्। त्यसका लागि उनले न प्रहरी कार्यालय नै धाउनु प¥यो न त …

पुरा पढ्नुहॊस »

स्नातक र स्नातकोत्तर तहमा नेपालीमा पनि प्रश्न सोध्न त्रिविलाई दबाब

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ। नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्। त्रिविका कतिपय केन्द्रीय विभागहरूले नेपाली माध्यममा उत्तर लेख्न समेत नपाउने व्यवस्था गरेका छन्। आर्थिक वर्ष ०७५-०७६ को पहिलो तीन महिनामा त्रिविमा आएका अधिकांश गुनासा परीक्षासँग सम्बन्धित छन् । त्रिवि केन्द्रीय कार्यालयका अनुसार प्राप्त भएका …

पुरा पढ्नुहॊस »

राजश्व सम्बन्धी एनसेलका चार मुद्दा सर्वोच्चमा

काठमाडाैं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलसँग जोडिएका चार मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छन्। केही समयअघि महालेखा परीक्षकको कार्यालयले बेरुजुविरुद्ध एनसेल आफैँले रिट दायर गरेको छ भने राजश्वसम्बन्धी अन्य तीन मुद्दा पनि सर्वोच्चमा विचाराधिन अस्थामा छन्। यो खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्। जसका कारण सरकारले एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन गरेरै भए पनि त्यसबाट आउने मूल्यमा कर लगाउने तयारी गरे पनि सर्वोच्चमा मुद्दा विचाराधिन हुँदा लाभकर असुल गर्ने …

पुरा पढ्नुहॊस »

स्वास्थ्यकर्मी अभावमा बिरामी कैदीलाई समस्या

पार्वती ऐडी । बझाङ । स्वास्थ्यकर्मी अभावमा जिल्ला कारागार बझाङमा रहेका बिरामी कैदीलाइ समस्या भएको छ । कारागारमा कैदीको उपचारका लागि स्वास्थ्यकर्मीको दरबन्दी भए पनि दुई वर्षदेखि कर्मचारी अभाव हुँदा बिरामी कैदीलाई समस्या हुने गरेको हो । कारागारमा नियमित स्वास्थ्यकर्मी नबस्दा बिरामी कैदीलाई उपचार गर्न कारागार बाहिर ल्याउन झञ्झट हुने गरेको छ । कैदीको उपचारका लागि भनेर सरकारले सिनियर अहेबको दरबन्दी सिर्जना गरेको भए पनि कारागारमा दरबन्दी भएका कर्मचारी नबस्दा …

पुरा पढ्नुहॊस »

मुख्यमन्त्री राई किन गए सुटुक्क अमेरिका ?

काठमाडाैं । उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन्। प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ। कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्सँग अनुमति लिएका छैनन्। उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ‘निजी खर्चमा उपचार गर्न थाइल्यान्ड जान लागेको पत्रपत्रिकामा पढेको थिएँ,’ परराष्ट्रका एक …

पुरा पढ्नुहॊस »