प्रवासी नेपालीलाई इमेलमै प्रहरी रिपोर्ट

काठमाडाैं । अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्।

फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्। इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी तयार गरेको रिपोर्ट अञ्जुको इमेल ठेगानामै पठाइदियो। देशबाहिर रहेकी अञ्जुले आवदेन पठाएको भोलिपल्टै प्रहरी रिपोर्ट पाउन सकिन्। त्यसका लागि उनले न प्रहरी कार्यालय नै धाउनु प¥यो न त आफन्त नै गुहार्नु पर्यो । काम पनि सजिलै र छिट्टै भयो। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

३ महिनाको अवधिमा विदेशमा रहेका ३ हजार ६ सय नेपालीले प्रहरी रिपोर्टको लागि आवेदन दिएका छन् । तीमध्ये ३ हजार ५ सय ५० लाई रिपोर्ट प्रदान गरिएको तथ्यांक छ । कूल दर्तामध्ये ७ सय ४९ जनाले इमेलमार्फत आवेदन दिएकोमा सबैजनालाई इमेलबाटै रिपोर्ट पठाइएको छ। विदेशमा बस्ने नेपालीलाई प्रहरी रिपोर्ट आवश्यक परेमा यसअघि सम्बन्धितका आफन्त प्रहरी प्रधान कार्यालयमै पुगेर आवेदन दिनुपथ्र्यो। तोकिएको दिन रिपोर्ट लिन प्रहरी कार्यालयमै पुग्नुपथ्र्यो।

स्वदेशमै रहेका सेवाग्राहीलाई फर्म दर्ता गर्न पनि लामो लाइन बस्नुपथ्र्यो। यो समस्या समाधान गरी काम सहज बनाउन प्रहरीले आवेदन संकलनका लागि ९ वटा केन्द्र थप गरेको छ। अञ्जुजस्तै विदेशमा रहेर सूचना प्रविधिको प्रयोग गरी प्रहरी सेवा लिनेको संख्या अहिले ह्वात्तै बढेको छ । गत ३ महिनाको अवधिमा विदेशमा रहेका ३ हजार ६ सय नेपालीले आवेदन दर्ता गरेका थिए।

तीमध्ये ३ हजार ५ सय ५० लाई रिपोर्ट प्रदान गरिएको तथ्यांक छ । कूल दर्तामध्ये ७ सय ४९ जनाले इमेलमार्फत आवेदन दिएकोमा सबैजनालाई इमेलबाटै रिपोर्ट पठाइएको छ। सो अवधिमा प्रहरी रिपोर्टका लागि ६३ हजार ३० सेवाग्राहीले चालचलन शाखामा आवेदन दिएका थिए । तीमध्ये ६२ हजार ६ सय ८४ लाई प्रहरी रिपोर्ट प्रदान गरिएको छ । ६५ जनालाई मुद्दा जनाएर दिइएको छ भने अन्य प्रक्रियामै छन्।

वितरण गरिएकामध्ये १ सय ९७ रिपोर्ट विदेशी नागरिकका छन् । प्रदेश प्रहरी कार्यालयबाट २ हजार १ सय ४८ जनाले रिपोर्ट लिएका छन् । गत आर्थिक वर्षमा कूल २ लाख ७९ हजार, ३ सय ३ जनाले प्रहरी रिपोर्टका लागि फाराम दर्ता गरेका थिए । जसमा ४३ हजार ७ सय ६० महिला र २ लाख, ३५ हजार ५ सय ४३ पुरूष थिए । फाराम दर्ता भएकामध्ये २ लाख, ७७ हजार ४ सय ९५ लाई रिपोर्ट वितरण गरिएको थियो।

यो संख्या आर्थिक वर्ष २०७३ र ०७४ भन्दा ६६ हजार ९ ले बढी हो । उक्त आर्थिक वर्षमा कूल २ लाख ११ हजार ४ सय ३३ प्रहरी रिपोर्ट वितरण गरिएको थियो। सेवाग्राहीको सजिलोका लागि काठमाडौं उपत्यकामा रानीपोखरी, महाराजगन्ज, गौशाला, कालीमाटी, ललितपुरको जावलाखेल र भक्तपुरमा आवेदन दर्ता तथा रिपोर्ट वितरण केन्द्र तोकिएको छ । उपत्यकाबाहिर ७ वटै प्रदेश प्रहरी कार्यालयमा यो सुविधा उपलब्ध छ।

भीड हुने केन्द्रमा बिहान ८ बजे नै फारम लिने व्यवस्था मिलाइएको छ । सेवाग्राहीले उपत्यकामा आवेदन दिएको ३ दिनमा र प्रदेशमा ७ दिनमा प्रहरी रिपोर्ट प्राप्त गर्न सक्छन् । कुनै सेवाग्राहीले तत्काल अत्यावश्यक परेको निवेदन दिएमा आवश्यकता मनन् गरी तोकिएको मितिभन्दा अगावै पनि उपलव्ध गराउने गरिन्छ । यो सुविधा प्रहरी प्रधान कार्यालयमा मात्र उपलब्ध छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री