News desk

कामना सेवा विकास बैंकद्वारा अर्चलबोट आमा समूहलाई डस्ट विन प्रदान

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २ अर्चलबोटमा अवस्थित ‘अर्चलबोट आमा समूह’लाई एक कार्यक्रमकाबीच डस्ट विनलगायतका सरसफाईका सामग्री प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित एक समारोहबीच बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व सञ्चालक विष्णुराज पराजुलीले संयुक्त रूपमा समूहका अध्यक्ष श्रीमती कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । आमा समूहको महत्वपूर्ण …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालय सुनसरीका प्रकाशपुर र इनरुवामा विस्तार भएको छ । इनरुवानगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवाशाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट र बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखाको बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनालबाट समुद्घाटन भएको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको छ । बैंकको …

पुरा पढ्नुहॊस »

काँग्रेस महासमिति बैठक सम्पन्न : सरकार विरुद्ध एकजुट हुने अठोट, विधान सर्वसम्मतिले पारित

नेपाली काँग्रेसको संशोधित विधान मस्यौदा महासमिति बैठकबाट सर्वसम्मतिले पारित भएको छ । विधान पारित भएसँगै नौ दिन अघि सुरु भएको काँग्रेस महासमिति बैठक पनि सम्पन्न भएको छ । महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटसमेत व्यक्त गरिएको छ । सरकारले दुई तिहाई बहुमतको दम्भमा विपक्षी दलहरुको भूमिकालाई गौण बनाउन खोजेको ,भ्रष्टाचारलाई संस्थागत गरेको,निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई कारबाही गर्न असफल भएको, विपक्षी कार्यकर्ता तथा समर्थकप्रति असहिष्णु र वैरभाव …

पुरा पढ्नुहॊस »

विद्युत प्राधिकरण र ‘मध्य त्रिशूली गङ्गा’बीच ‘पिपिए’मा हस्ताक्षर

वेत्रावती । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना’सँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ। पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९ दशमलब ४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत खरिदका लागि कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता गर्ने कार्य सम्पन्न भएको हो। दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुख्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत ८ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई भाटभटेनीमा विशेष क्यास व्याक अफर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपालको सबैभन्दा ठूलो सञ्जाल भएको सुपर मार्केट भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोरबीच व्यापारिक सहकार्य हुने भएको छ । यो सहकार्यलाई सम्बोधन गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले भाटभटेनी सुपर मार्केटसँग मिलेर लाभ नामक एक सह–ब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्ने जनाएको छ । जसबाट उक्त सह–ब्राण्डको क्रेडिट कार्डबाहकहरुले सबै भाटभटेनी सुपर मार्केटहरुमा सामान खरीद गर्दा आकर्षक नगद फिर्ता तथा छुट अफर प्राप्त गर्नेछन् …

पुरा पढ्नुहॊस »

नेपालको बिजुली भारत हुँदै बंगलादेश लैजाने बाटो खुल्यो

भारतले तेस्रो पक्षले उत्पादन गरेको विद्युत आयात सम्बन्धी व्यवस्थालाई खुकुलो पारेको छ। त्यसैगरी, भारतीय प्रशारणलाई प्रयोग गरेर विद्युत व्यापार गर्न सकिने व्यवस्था समेत गरेको छ। भारत सरकारका ऊर्जा मन्त्रालयले जारी गरेको सीमापार विद्युत व्यापार सम्बन्धी नयाँ निर्देशिकाले नेपालले उठाउँदै आएको मागको सम्बोधन हुने गरी यस्तो व्यवस्था गरेको हो। भारतले मंगलबार जारी गरेको नयाँ निर्देशकाको नयाँ व्यवस्थाले नेपाल र बंगलादेशबीच हुने विद्युत व्यापारका लागि समेत ढोका खोल्नेछ। तर जारी नयाँ निर्देशिकाले …

पुरा पढ्नुहॊस »

२५ लाख अवैध रकमसहित २ भारतीय पक्राउ

विराटनगर । भारतबाट लुकाईछिपाई नेपालतर्फ ल्याइँदै गरिएको करीब २५ लाख अवैध रकमसहित २ भारतीय नागरिक आइतवार विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले भारतको विहार राज्य अररिया जिल्ला फारविसगन्ज–९, नयाँ टोलका वर्ष २८ का सनोजकुमार साह र सोही स्थानका वर्ष ५० की सुशीलादेवी गुप्ता साहलाई पक्राउ गरेको हो । विराटनगरको स्थानीय रोडशेष चोकमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय बीआर ३८ एच ६१४२ नम्बरको कालो रङको मारूती सुजुकी कार …

पुरा पढ्नुहॊस »

जीवन विज्ञान प्रतिष्ठानलाई मुक्तिनाथ बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रतिष्ठानलाई नयाँ आध्यात्मिक कक्ष निर्माणका लागि एक लाख सहयोग प्रदान गरेको हो । एक लाखको चेक प्रतिष्ठानका विवेक गुरागाईले ग्रहण गरे । उक्त प्रतिष्ठान मानिसमा रहेका अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूल मन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दैै आएको छ ।

पुरा पढ्नुहॊस »

६ वटी छोरी जन्माएको भन्दै महिला घर निकाला

जुम्ला । लगातार ६ वटी छोरी जन्माएको भन्दै जुम्लाकी एक महिलालाई घरबाट निकालिएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी झनमाया रोकाया गत कात्तिक महिनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान् गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी …

पुरा पढ्नुहॊस »

भ्रष्टहरुको नियुक्ति फिर्ता गर्न सरकारलाई आफ्नै पार्टीबाट दबाब, ४३ केन्द्रीय सदस्यले गरे सामूहिक माग

काठमाडाैँ । सत्तारुढ दल नेकपाका ४३ केन्द्रीय सदस्यले भ्रष्ट छवी भएकाहरुको राजनीतिक नियुक्ति फिर्ता गर्न माग गरेका छन् । जारी स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई सांसद कृष्णगोपाल श्रेष्ठमार्फत् ज्ञापनपत्र बुझाउँदैं उनीहरुले भ्रष्ट र विवादित छवि भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गरेका हुन् । उनीहरुले ‘दिगम्बर झाजस्ता भ्रष्ट व्यक्तिहरुले राजनीतिक नियुक्ति पाएको र यसले पार्टीलाई समेत बद्नाम गराएको भन्दै झासहित अरुको नियुक्ति फिर्र्ता’ फिर्ता …

पुरा पढ्नुहॊस »