रसुवा । रसुवागढी नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै गएको छ । यो नाका हुँदै अघिल्लो वर्षको तुलनामा यस वर्ष आठ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । गतवर्ष यो नाका हुँदै २० हजार पर्यटक नेपाल भित्रिएका थिए । तर, सन् २०१८ को जनवरीदेखि नोेभेम्वर अन्तिमसम्ममा २८ हजार पर्यटक नेपाल भित्रिएको रसुवागढी अध्यागमन कार्यालयका अधिकृत विष्णु घर्तीले जानकारी दिए । पछिल्लो एक महिनामा ४० देशका १ हजार २ …
पुरा पढ्नुहॊस »सात वर्षका बालक महिलाको बन्द कोठामा मृत भेटिए
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो । बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ती महिलाले हत्या गरेको आशङ्कामा उनलाई मेलम्ची …
पुरा पढ्नुहॊस »नेवार समुदायले योमरी पुन्ही मनाउँदै, किरातहरु उधौलीमा रमाउँदै
काठमाडौं । नेवार समुदायले आज योमरी पुन्ही मनाउँदै छन् । धान्यपूर्णिका दिन मनाइने नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकाररुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ …
पुरा पढ्नुहॊस »ललितपुरको लाकुरीभञ्याङमा पेस्तोल पड्किदाँ प्रहरी जवान घाइते, असइ नियन्त्रणमा
काठमाडाैँ । ललितपुरको लाकुरीभञ्याङस्थित प्रहरी प्रभागमा पेस्तोल सफा गर्ने क्रममा पड्किदा प्रहरी जवान घाइते भएका छन् । शुक्रबारराती असइ रमेश तामाङले बोक्ने गरेको पेस्तोल पड्किदाँ प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन् । विपत ब्यवथापन विभागमा कार्यरत श्रेष्ठ गाउँले साथीलाई भेट्न लाकुरीभञ्याङ गएका थिए। उनीहरु दुवै जना दोलखाका हुन। पेस्तोल पड्किदाँ श्रेष्ठको वायाँ गालाबाट छिरेको गोली दायाँ गालाबाट निस्केको छ। असइ तामाङले भुल बस गोली चल्न गएको बताएका छन् । …
पुरा पढ्नुहॊस »अजोड इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेण्टर बीचनगद रहित(क्यासलेस) उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा ओम हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् । अजोड इन्स्योरेन्सले स्वास्थ …
पुरा पढ्नुहॊस »अमेरिकी शेयर बजारमा दशक यताकै ठूलो गिरावट
काठमाडाैँ । अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । यो हप्ता अमेरिकी शेयर बजारमा पछिल्लो दशककै ठूलो गिरावट आएको हो । चीनसँगको व्यापारिक सम्बन्धमा देखिएको तनावको अवस्था, केन्द्रीय बैंकले ब्याजदरमा गरेको बृद्धि तथा सरकारी कामकाज ठप्प हुने सम्भावित कारणले गर्दा शेयर बजारमा प्रभाव परेको हो । सबै बजारहरु न्यूनविन्दुमा पुगेर बन्द भएका छन् । प्रविधि क्षेत्रको शेयर मार्केट नासडाकमा यो हप्ता ८.३६ प्रतिशतले गिरावट आएको छ । यस्तै औद्योगिक …
पुरा पढ्नुहॊस »एनएमबी माइक्रोफाइनान्समा विभागिय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा जागिर खुल्यो (सूचनासहित)
काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । विभागीय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा दर्खास्त आह्वान गरेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।
पुरा पढ्नुहॊस »क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग
गलेश्वर । घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके–पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट रु दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो । सो रकम शुक्रबार युके–पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन
काठमाडौं । सिद्धार्थ बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आइतवार (पुस ८) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाको लागि पुस ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसको आधारमा पुस ८ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् । बैंकले १७ औं वार्षिक साधारण सभा पुस …
पुरा पढ्नुहॊस »नेपाली कामदारलाई अझै खुलेन मलेसिया
काठमाडाैँ । बेलौरी–७ कञ्चनपुरका मोहन चौधरीलाई उखु काट्न भ्याइनभ्याइ छ । उखु मिल पुर्याउने समय हो यो । पाँच कट्ठा जग्गामा लगाएका छन्। आफ्नो जग्गा होइन, अरूकैमा खेती गरेका । सोचेजस्तो हुन्थ्यो त यतिखेर चौधरी मलेसियामा मोबाइलका पार्टपुर्जा बनाइरहेका हुन्थे । महिनाको १५ सय रिंगेट गोजीमा आउँथ्यो। ‘हातमा भिसा थियो । पठाउन म्यानपावर तयार । कम्पनी पनि राम्रो। दुर्भाग्य भनौं कि समयको खेल, सरकारले त्यही बेला मलेसिया जान बन्द गरिदियो,’ २३ वर्षे चौधरीले सुनाए । उनी अझै …
पुरा पढ्नुहॊस »