भारत, चीन र अमेरिकाको स्वार्थमा तानिँदै नेपाली सेना

काठमाडाैं । सैनिक साहयोग र तालिमका नाममा नेपाली सेनामाथि भारत, चीन र अमेरिकाको स्वार्थ वढ्दै गएको छ।

चीन, अमेरिका र भारतले नेपाली सेनामाथि आँखा गाड्दै जानुमा केही रणनीतिक स्वार्थले काम गरेको खबर आजको नेपाल साप्ताहिकमा माधव बस्नेतले लेखेका छन्। पहिलो सैन्यशक्ति रहेको अमेरिका सुपर पावरमा टिकिरहन चहन्छ नै। सँगै चीनलाई निगरानी गर्ने उसको रणनीतिक योजना छ।

३० को दशकमा खम्पा विद्रोह दबाउन नेपाली सेनाले खेलेको भूमिका चीनले विर्सिएको छैन। ऊ एक चीन नीतिप्रति नेपाली सेनाले भरपूर सहयोग गर्छ भन्नेमा विश्वस्त छ। भारत त यसै पनि नेपाली सेना आफ्नो परंपरागत सम्बन्धबाट टाढा नजाओस् भन्ने नै चाहन्छ। किनभने, हालसम्म नेपाली सेनालाई आवश्यक पर्ने सैनिक बस्दोबस्तीका सामग्री निर्यातमा भारतकै एकलौटी छ। चीनको चियो गर्ने भारतको नियत कतैबाट छिपेको छैन।

नेपाली सेनासँग यतिबेला करिब ९७ हजार फौज छ। सैन्य मामिलाविद् तथा सांसद दीपकप्रकाश भट्ट अमेरिका, चीन र भारतको स्वार्थ बुझेर नेपाल बेलैमा सतर्क हुनुपर्ने बताउँछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस