News desk

कालिकोटको पलाँतामा आगलागी : ८७ घरको बस्ती नै सखाप, पाँच जना घाइते

कालिकोट । कालिकोटको पलाँता गाउँपालिका-१ खाँडामा सोमबार बिहान २ बजे सुरू भएको आगलागीले बस्ती नै जलेर खरानी भएको छ। न्यौपाने गाउँमा भएको आगलागीमा परी अहिलेसम्म ८८ वटा घर जलेर नष्ट भएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए। ‘फुसका छाना भएका घरमा लागेको आगोले बस्ती नै सखाप पारेको छ, जोडिएका सबै घर जलेपछि अब आगो नियन्त्रणमा आएको छ,’ दुलालले भने। आगलागीमा परी बस्तीका ५ जना घाइते भएका छन् …

पुरा पढ्नुहॊस »

गाडीभित्रै तीन जनाले गरे १६ वर्षीया किशोरीलाई बलात्कार

रसुवा । रसुवामा एक किशोरी गाडीभित्रै बलात्कृत भएकी छिन्। सदरमुकाम धुन्चेबाट टिमुरे जानेक्रममा शनिबार साँझ १६ वर्षीया किशोरीलाई तीन जनाले गाडीभित्रै बलात्कार गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। बा४ख ४३२ नम्बरको आइचर गाडीसहित बलात्कारमा संलग्न नुवाकोटको विदुर नगरापलिका ६ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। धुन्चेबाट गाडीमा लिफ्ट मागेर टिमुरे जाँदै गर्दा …

पुरा पढ्नुहॊस »

कसरी हुन्छ क्यान्सर ? क्यान्सरबाट बच्न के गर्ने ?

काठमाडाैँ । क्यान्सरलाई नेपालीमा अर्बुदरोग भनिन्छ। शरीर वृद्धि विकासका क्रममा कोषिकाहरु वढेर एक ठाउँबाट अर्को ठाउँमा सर्नु नै क्यान्सर हो। क्यान्सर आफैँमा ठूलो रोग होइन, तर समयमै उपचार भएन भने ज्यानै जाने रोग हो। विश्वभरी अहिले क्यान्सर प्रकोपको रुपमा फैलिएको छ। नेपालमा क्यान्सर पीडितको यकिन तथ्यांक छैन, तर केही मुख्य अस्पतालहरुमा पछिल्लो वर्ष संकलन गरिएको आँकडाअनुसार सबैभन्दा वढी फोक्सोको क्यान्सर भएको पाइएको छ। त्यस्तै दोश्रोमा पाठेघरको मुखको क्यान्सर छ। क्यान्सरको …

पुरा पढ्नुहॊस »

निर्मला प्रकरणः प्रहरी अनुसन्धान पूर्णतः असफल, आरोपीलाई यातना दिएर आरोप स्वीकार गर्न लगाइँदै

काठमाडाैँ । प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ। घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ । महेन्द्रनगरकै प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । रावल अझै थुनामा छन् भने विशाललाई शनिबार छाडिएको छ । प्रदीपलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले २० दिनदेखि सार्वजनिक अपराध मुद्दामा थुनामा राखेको छ । यो खबर आजको नयाँ …

पुरा पढ्नुहॊस »

इन्डोनेसियामा सुनामी: ज्यान गुमाउनेको संख्या २८० पुग्यो

इन्डोनेसिया । इन्डोनेसियाको क्राकातोए ज्वालामुखी सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । शनिबार राति क्राकातोए ज्वालामुखी बिस्फोट भएपछि समुद्रमुनि गएको पहिरोका कारण सुनामी गएको थियो । फेरि नयाँ सुनामी आउन सक्ने भन्दै तटीय क्षेत्रबाट सुरक्षित स्थानमा सर्न सर्वसाधारणलाई भनिएको छ । शनिबार राति गएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ । अहिलेसम्म कम्तिमा २८० जनाको ज्यान गएको इन्डोनेसियाको विपद व्यवस्थापन …

पुरा पढ्नुहॊस »

एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल, लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो अन्तरमा हराएको छ । गएराति भएको खेलमा टोटनह्याम ६–२ ले विजयी भयो । एभर्टनलाई उसैको मैदानमा हराउन टोटनह्यामका लागि सन हिउङ मिन र ह्यारी केनले २–२ गोल गर्दा डेले अली र क्रिश्चियन एरिक्सनले एक–एक गोल थपे ।जितसँगै टोटेनह्याम हट्सपरले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको दूरीलाई २ अंकमा झारेको छ । १८ खेलबाट टोटनह्यामको ४२ अंक छ । म्यान्चेष्टर सिटीको ४४ अंक …

पुरा पढ्नुहॊस »

म्यानपावरको धरौटी २ करोड बनाइँदै

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । आवश्यकता भन्दा बढी म्यानपावर कम्पनी दर्ता हुन थालेपछि धरौटी रकम बढाएर कडाई गर्न लागिएको खबर आजको कान्तिपुर दैनिकमा छ । वैदेशिक राजगार विभागका अनुसार हाल १ हजार ३ सय म्यान पावर दर्ता छन् । ५ हजार कामदार पठाउने लक्ष्य राखेर इजाजत माग गर्ने संस्थाले एक करोड रुपैयाँ नगद र २ करोड रुपैयाँ …

पुरा पढ्नुहॊस »

कालीकोटको पलातामा आगलागी, ३० घर जलेर नष्ट

कालिकोट । कालीकोटको पलाता गाउँपालिका-  १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । ३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले बताएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुर्‍याएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ । सुख्खा क्षेत्र भएको र फुसको …

पुरा पढ्नुहॊस »

वार्षिकोत्सव पारेर सिभिल बैंकका कर्मचारीले गरे रक्तदान

 वीरगंज । सिभिल बैंकले ८ औं वार्षिकोत्सव पारेर रक्तदान कार्यक्रम गरेको छ । वीरगंज स्थित महावीर शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको बैंकका क्लस्टर हेड दिपक कुमार श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा १ सय जनाले रक्तदान गरेको  बैंकका शाखा प्रवन्धक सन्तोष साहले जानकारी दिए । कार्यक्रममा लियकत अली, रोशन कलवार, कामेश्वर पटेल, भरत कुमार श्रेष्ठ, विशाल रिजाल, टिंकु कुमार रौनियार, सुरज खडका, धर्मेन्द्र चौरसिया, राजबाबू रौनियार, शेख फिरोज लगायत सय जनाले …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा अर्चलबोट आमा समूहलाई डस्ट विन प्रदान

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २ अर्चलबोटमा अवस्थित ‘अर्चलबोट आमा समूह’लाई एक कार्यक्रमकाबीच डस्ट विनलगायतका सरसफाईका सामग्री प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित एक समारोहबीच बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व सञ्चालक विष्णुराज पराजुलीले संयुक्त रूपमा समूहका अध्यक्ष श्रीमती कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । आमा समूहको महत्वपूर्ण …

पुरा पढ्नुहॊस »