एकता नटुंगिँदै नेकपामा जन्मियो नयाँ धार

काठमाडाैं । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन्। पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डनेताद्वय नेपाल र श्रेष्ठको कदमलाई पार्टीभित्र नयाँ धारको नेतृत्व नभई त्यहीभित्र रहेको ‘धार’ मा पाइन हाल्न खोजेको बताउँछन्।

‘पार्टी एकताबारे पार्टीभित्रको धार भुत्ते भयो, त्यसमा नेताद्वयले पाइन हाल्न खोज्नुभएको थियो। त्यो पनि काम लागेन। त्यसपछि न सचिवलायको बैठकले निरन्तरता पायो न स्थायी समितिकै बैठक बस्न सक्यो’, पाण्डेले भने। उनका अनुसार पार्टीका सबै अंगले राम्रोसँग काम गर्न पाउनुपर्छ भन्ने आमकार्यकर्ताको भनाइ छ। ‘पार्टीका सबै कमिटी चलायमान हुनुपर्छ, सबैले जिम्मेवारी पाउनुपर्छ र त्यो न्यायोचित हुनपर्छ भन्ने सबै नेता कार्यकर्ताको भनाइ हो’, पाण्डेले भने।

नेता नेपाल र प्रवक्ता श्रेष्ठले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन विधि, प्रक्रिया र पद्धतिप्रति असहमति जनाउदै पछिल्लो सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए। बैठकमा दुवै नेताहरुले मनोनयनको विषयलाई लिएर पार्टी नेतृत्वको चर्को आलोचना गरे पनि सुनुवाइ भएन। अर्को बैठकमा यस विषयमा टुंगोमा पुग्ने भनिए पनि बैठक बस्ने सकेको छैन। सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, श्रेष्ठ, रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल छन्।

५ असोजको सचिवालय बैठकमा नेपाल र श्रेष्ठ अनुपस्थित थिए। त्यसबेला नेपाल दक्षिण अफ्रिकी राष्ट्र घानाको भ्रमणमा थिए भने श्रेष्ठचाहिँ चीन गएका थिए। दुवै नेता नभएका बेला सचिवालय बैठकले बहुमत सदस्य उपस्थित भएको भन्दै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेको थियो।

एकीकृत पार्टीले पूर्णआकार ग्रहण गरिनसक्दै विधि र प्रक्रियासमेत मिचेर प्रदेशमा मनोनयन गरिएको विषयमा नेपाल र श्रेष्ठले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। पछिल्लोपटक कात्तिक ५ मा बसेको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र दाहालले मनोनयनमा भएको कमीकमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरे पनि सोअनुसार काम हुन सकेको छैन। स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गते बस्ने भनिए पनि अन्तिम अवस्थामा आएर तयारी नपुगेको भन्दै स्थगित गरियो। अब स्थायी कमिटीको बैठक कहिले बस्छ भन्ने टुंगो छैन।

प्रदेश कमिटी गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरिए पनि त्यसले काम नसकेको भन्दै स्थायी कमिटीको बैठक स्थगित गरिएको ती नेताले बताए। दुई सदस्यीय कार्यदलमा सचिवालय सदस्य थापा र महासचिव पौडेल छन्। एक केन्द्रीय सदस्यका अनुसार ४४१ सदस्यीय केन्द्रीय कमिटीमा नेताद्वय नेपाल र श्रेष्ठले करिब एकतिहाइ सदस्यको नेतृत्व गरेका छन्। नेपाल र श्रेष्ठले सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दे आएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस