सांसद भन्छन्- तलब भत्ता थोर भो !

काठमाडाैं । तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेका बेला उनीहरुले राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको गुनासो गर्न थालका छन्।

अधिकांश सांसदले सचिवालयले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका खबर आजको समाचारपत्र दैनिकमा गंगा बरालले लेखेका छन्। प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरेको छ । तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी हुने गरेको छ।

बझाङबाट प्रतिनिधित्व गरेकी समानुपातिक सांसद आशाकुमारी विश्वकर्माले काठमाडौंको बसाइ महँगो र सांसद भएर खर्च धान्नुपर्दा थप संकट भएको बताइन्।

‘टाढाको बाटो पर्छ, जिल्ला आउन जान नै धेरै भाडा लाग्छ, नजाँदा पनि आएन भनेर जनताको गुनासो सुन्नुपर्छ’, विश्कर्माले भनिन्– ‘कि त जनताको सम्पर्कबाहिर बसेर केही पनि मतलब छैन भन्नुप¥यो नभए उहाँहरुको दुःखेसो र समस्या सुन्नुप¥यो।’ विश्वकर्माजस्तै धेरै सांसदले बिरामी भएर अस्पतालमा आएका, घर जान भाडा नभएका वा अन्य समस्याले पिरोलिएकाको व्यथा सुल्झाउनु पर्ने हुन्छ।

कैलाली–५ बाट निर्वाचित सांसद नारदमुनि रानाको समस्या पनि उस्तै छ । ‘जनताको समस्या मेरो आफ्नै समस्या हो भन्ने लाग्छ, मलाई जे गर्न पठाएको हो दिनरात त्यसैमा चिन्तित छु’, रानाले भने– ‘राजनीति समाजसेवा हो भनिसकेपछि समाजमा जसलाई जे संकट आउँछ निकासको लागि पहल गर्छु, सकेसम्म जान्छु पुग्न नसकेपछि सहजीकरण गरिदिन्छु।’

सांसदले मासिक १ लाख ९ हजार ७ सय ३० रुपियाँ पाउने गरेका छन। यसैबाट स्वकीय (पीए) लाई ३० हजार ५ सय रुपियाँ दिनु पर्ने हुन्छ। कतिपय सांसदले आफ्नै परिवारका सदस्यलाई स्वकीय राख्ने र त्यो पैसा बचाउने गरेका छन् । सांसदले मासिक पारिश्रमिक बापत ५५ हजार ३ सय २० रुपियाँ, विशेष भत्ता १ हजार, सञ्चार सुविधा बापत ३ हजार, आवास बापत १८ हजार, बिजुली धारा बापत २ हजार रुपियाँ पाउँदै आएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री