स्वास्थ्यकर्मी अभावमा बिरामी कैदीलाई समस्या

पार्वती ऐडी ।
बझाङ । स्वास्थ्यकर्मी अभावमा जिल्ला कारागार बझाङमा रहेका बिरामी कैदीलाइ समस्या भएको छ । कारागारमा कैदीको उपचारका लागि स्वास्थ्यकर्मीको दरबन्दी भए पनि दुई वर्षदेखि कर्मचारी अभाव हुँदा बिरामी कैदीलाई समस्या हुने गरेको हो ।

कारागारमा नियमित स्वास्थ्यकर्मी नबस्दा बिरामी कैदीलाई उपचार गर्न कारागार बाहिर ल्याउन झञ्झट हुने गरेको छ । कैदीको उपचारका लागि भनेर सरकारले सिनियर अहेबको दरबन्दी सिर्जना गरेको भए पनि कारागारमा दरबन्दी भएका कर्मचारी नबस्दा समस्या आउने गरेको कैदीको गुनासो छ ।

जिल्ला कारागारमा रहेका कैदीलाई उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय लैजान बाटोमा सुरक्षा चुनौती समेत रहेको छ । कारागार भित्रै कैदीको सामान्य उपचारका लागि राज्यले व्यवस्था गरेको छ । तर, कर्मचारी अभावका कारण बझाङ कारागारमा रहेका कैदीले भने अनावश्यक झमेला साथै निजी मेडिकलमा उपचारका लागि आफ्नै रकम खर्च हुने गरेको कैदीको भनाइ छ ।

कारागार भित्रै उपचारको व्यवस्था भए राम्रो तथा सहज हुने कारागारका कैदीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप रेग्मीले कारागारमा स्वास्थ्यकर्मी पठाउने काम विभागको भएको बताउँदै आफूहरूले आवश्यकता अनुसार चेकजाँचमा सहयोग गरिरहेको बताउनुभयो ।

कैदीहरू झाडापखाला, टाउको दुख्ने, पेट दुख्ने, रुघाखोकी लाग्ने ज्वरो आउने समस्याबाट बढी पीडित हुनेगरेका छन् । हाल ४२ कैदी र ११ थुनुवा गरेर ५३ जना कैदीबन्दी रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस