News desk

प्रहरी अनुसन्धान डीएनए परीक्षणमा नै जकडियो !

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन । अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९ जनाको डीएनए परीक्षण गरेको छ । अझै कञ्चनपुरका ३ जना स्थानीयको डीएनए परीक्षणका लागि …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगारीमा हुने श्रम शोषण अन्त गर्न १२ देश सहमत

काठमाडौँ । वैदेशिक रोजगारीमा कामदार पठाउने मुलुकहरू श्रमिकका हितमा एकजुट भएर उभिन सहमत भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । नेपाल, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायत कामदार विदेश पठाउने एसियाका १२ देशले १५ वर्षअघि सुरु गरेको संगठन ‘कोलम्बो प्रोसेस’ को काठमाडौंमा भएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम दिन शुक्रबार जारी २७ बुँदे काठमाडौं घोषणापत्रले श्रमिकका सबैखाले शोषण अन्त्य गर्ने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

पूर्व-पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा आठ लेनको

काठमाडाैं । सवारीसाधनको अत्यधिक चाप हुने पूर्व-पश्चिम राजमार्ग विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ। हाल २ लेन रहेको राजमार्ग सहरी क्षेत्रमा ८ लेन र अन्य भागमा ४ लेनको बनाउने तयारी गरिरहेको छ। पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको खबर पुष्प कोइरालाले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्। सो राजमार्ग विस्तारअन्तर्गत नारायणघाट–बुटवल ११३ …

पुरा पढ्नुहॊस »

काठमाडौंको आजको तापक्रम यो वर्षकै कम

काठमाडौं । आज बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको कात्तिक २० देखि काठमाडौंको तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता बढेको तापक्रम फेरि घटेर आज यो वर्षकै कम ६ दशमलब २ डिग्री सेल्सियसमा झरेको हो । अहिले उपत्यकासहित देशभरी नै हुस्सु तथा कुहिरो …

पुरा पढ्नुहॊस »

अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने

काठमाडौं । ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान अाजदेखि शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए ।  “अाज पोखराको लेकसाइडबाट पहिलो उडान शुरु हुनेछ, हामीसँग दुईवटा बेलुन छन्, पहिलो चरणमा हामी एउटा मात्र उडाउँछौँ, एउटामा एक पटकमा …

पुरा पढ्नुहॊस »

चुनावमा रुसी ‘हस्तक्षेप’बारे ट्रम्पले दिए जवाफ

काठमाडाैं । राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको आरोपित हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूले सबै प्रश्नका जवाफ दिने काम पूरा गरेको बताएका छन् । विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलर नेतृत्वको टोलीले रुसको आरोपित हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ । आफूले प्रश्नहरूको निकै सजिलो ढङ्गले जवाफ दिएको भन्दै ट्रम्पले आफ्ना जवाफहरू रोबर्ट म्युलर नेतृत्वको टोलीलाई बुझाउन बाँकी रहेको पत्रकारहरूलाई बताए । बीबीसीका अनुसार ट्रम्पले आफ्नो चुनावी अभियान समूह र मस्कोबीच …

पुरा पढ्नुहॊस »

ए डिभिजन लिग : दोस्रो चरणको खेल आजबाट

काठमाडाैं । दसैंपछि रोकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो चरणको खेल शनिबारबाट सुरु हुंदै छ । दोस्रो चरणको पहिलो खेलमा शनिबार साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम एनआरटीसँग भिड्दै छ भने दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्दै छन् । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । पहिलो चरणको खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ गोलले पराजित गरेको मनाङ अंकतालिकाको शीर्ष …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको १०. ५२६ प्रतिशत लाभांश घोषणा

काठमाडाैं । एनआईसी एशिया बैंकले यस यार्थिक वर्षमा प्रति शेयर १० रुपैया(१० प्रतिशत) शेयर लाभांश तथा लाभांशमा लाग्ने करको लागि प्रति शेयर नगद लाभांश दिने निर्णय गरेको छ । लाभांश नेपाल राष्ट्र बैंकको स्विकृतिबाट पारित भएपछि मात्र शेयरधनीलाई बितरण गरिने बैंकले जनाएको छ । बैंकले वार्षिक विन्दूगत आधारमा कर्जा तथा सापटी तर्फ ४८ अर्ब (६७५० ले वृद्धि गरी १२० अर्ब तथा निक्षेप तर्फ ६४ अर्बले वृद्धि गरी १५२ अर्ब रुपैयाँ …

पुरा पढ्नुहॊस »

एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढ्यो

काठमाडाैं । एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढेको छ । बैंकले यस आवको पहिलो त्रैमासिक अवधिमा ७५ करोड २६ लाख  रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा २७ करोड ७९ लाख रुपैयाँ थियो । बैंकको समग्र निक्षेपसँगै कर्जा प्रवाह बढेपछि व्याजपापतको आम्दानीमा उल्लेख्य वृद्धि भएको हो । १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । निक्षेप तथा कर्जाका …

पुरा पढ्नुहॊस »

निर्मला हत्याकाण्ड : नमुना संकलन गरिएका चारैजनाको डीएनए मिलेन

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो । प्रहरीले अनुसन्धानका क्रममा शंकाको घेरामा परेका थप ४ जनाको डीएनए पनि नमिलेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । प्रहरीले शंकाको घेरामा परेका चार …

पुरा पढ्नुहॊस »