काठमाडाैं । एनआईसी एशिया बैंकले यस यार्थिक वर्षमा प्रति शेयर १० रुपैया(१० प्रतिशत) शेयर लाभांश तथा लाभांशमा लाग्ने करको लागि प्रति शेयर नगद लाभांश दिने निर्णय गरेको छ ।
लाभांश नेपाल राष्ट्र बैंकको स्विकृतिबाट पारित भएपछि मात्र शेयरधनीलाई बितरण गरिने बैंकले जनाएको छ । बैंकले वार्षिक विन्दूगत आधारमा कर्जा तथा सापटी तर्फ ४८ अर्ब (६७५० ले वृद्धि गरी १२० अर्ब तथा निक्षेप तर्फ ६४ अर्बले वृद्धि गरी १५२ अर्ब रुपैयाँ संकलन गरेको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको पहिलो तीन महिना सम्म कर्जा तथा सापटी तर्फ वार्षिक विन्दूगत आधारमा ६१ प्रतिशत (५३ अर्ब) ले वृद्धि गरी १३९ अर्ब तथा कूल निक्षेप संकलनमा छुट प्रतिशत (६० अर्ब)ले वृद्धि गरी १६३ अर्ब गर्न सफल भएको बैंकको भनाइ छ । बैंकका देशभर २६५ शाखा, २६९ एटिएम, ३७ एक्सटेन्सन काउन्टर तथा १८ शाखारहित बैंकिङ इकाई छन् ।




