काठमाडौंको आजको तापक्रम यो वर्षकै कम

काठमाडौं । आज बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि गएको कात्तिक २० देखि काठमाडौंको तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता बढेको तापक्रम फेरि घटेर आज यो वर्षकै कम ६ दशमलब २ डिग्री सेल्सियसमा झरेको हो ।

अहिले उपत्यकासहित देशभरी नै हुस्सु तथा कुहिरो लागेको छ । आज पनि दिउँसोपछि पहाडी भूभागको मौसम आशिंक बदली हुने मौसमविद्को अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा तरुण दलको प्रदर्शन

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले …

प्रतिकृया दिनुहॊस