निर्मला हत्याकाण्ड : नमुना संकलन गरिएका चारैजनाको डीएनए मिलेन

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो ।

प्रहरीले अनुसन्धानका क्रममा शंकाको घेरामा परेका थप ४ जनाको डीएनए पनि नमिलेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डीएनए नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आएको डीएनए रिपोर्ट निर्मलाको स्वाबमा रहेको डीएनएसँग म्याच नभएको भन्दै उनल अनुसन्धानका क्रममा थप अरु कसैमाथि शंकाको अवस्था आए फेरि पनि डीएनए परीक्षण गर्न सकिने बताए ।

यसअघि, प्रहरीले तत्कालनि एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डीएनए परीक्षण गर्दा मेल खाएको थिएन भने दिलिपसिंह विष्ट र चक्रदेव बडुको समेत डीएनए मेल खाएको थिएन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after