News desk

केरुङ-काठमाडौं रेलमार्ग निर्माणमा कसले गर्छ लगानी?

काठमाडाैं । केरुङ-काठमाडौं रेलमार्ग अन्तर्गत नेपालतर्फको खण्डको निर्माण आफ्नै लगानीमा अघि बढाउने तयारीमा सरकार जुटेको छ । करिब तीन खर्ब रुपैयाँ लाग्ने महत्त्वाकाङ्क्षी भनिएको रेलमार्ग अन्तर्गत नेपालतर्फको खण्डको निर्माण आफ्नै लगानीमा भए पनि अघि बढाउने तयारीमा सरकार जुटेको हो । नेपाल-चीनबीच पारवहन तथा अन्तरदेशीय रेल्वे निर्माण सम्झौता अन्तर्गतको उक्त खण्ड चीनले बनाइदिने सम्भावना कम भएकोले नेपालले सहुलियत दरको ऋण जस्ता विकल्प खोजी गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताए …

पुरा पढ्नुहॊस »

मंगलसुत्र पहिरेर मुम्बई झरिन् दीपिका, रणवीर कस्ता देखिए?

काठमाडाैं । दीप‍िका पादुकोण र रणवीर स‍िंह इटालीको लेक कोमोमा विवाह गरेर मुम्बई फर्किएका छन् । आइतबार बिहान ९ बजे उनीहरु मुम्बई एयरपोर्टमा झरेका हुन् ।इटलीबाट विवाह गरेर फर्किएकी दीप‍िकाको लुक सिम्पल र ट्रेड‍िशनल थियो । स‍िल्कको कुर्ता लगाएकी दीप‍िकाको घाटीमा मंगलसुत्र देखिन्थ्यो । रणवीर स‍िंहले भने सेतो रंगको कुर्ता पाइजमा र प‍िंक कलरको ज्याकेट लगाएका थिए ।

पुरा पढ्नुहॊस »

ख्यातिप्राप्त बौद्धिक कमलप्रकाश मल्लको निधन

काठमाडाैं । ख्यातिप्राप्त बौद्धिक कमलप्रकाश मल्लको निधन भएको छ । केही वर्षदेखि परिवारका साथ अमेरिकामा बस्दै आएका मल्ल त्रिभुवन विश्वविद्यालयका पहिलो पुस्ताका प्रध्यापक हुन् । उनका श्रीमती र छोराछोरी छन् । अमेरिकाको एटलान्टामा गए राति ११:४५ मा उनकाे निधन भएको हो। उनी लामो समयदेखि पार्किन्सनका बिरामी थिए । उनी ८३ वर्षका थिए । नेपाली इतिहास लेखनलाई वैकल्पिक धारबाट व्याख्या विश्लेषण गरेका मल्लले आफ्नो करियरको सुरुवात अंग्रेजी भाषा साहित्यसम्बन्धी शिक्षणबाट गरेका थिए …

पुरा पढ्नुहॊस »

धनगढीमा युवकको हत्या, हत्या आरोपमा एक पक्राउ

कैलाली । धनगढीमा शुक्रबार राति एक युवकको हत्या भएको छ । धनगढी उपमहानगरपालिका-४ उत्तर वेहडीस्थित प्रदेश प्रमुखको  कार्यालय छेउमा अन्दाजी २७ वर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरी वलीले जानकारी दिए । घटना राति करिब ९ बजे तिर घटेको हो । उनको कसरी हत्या गरिएको हो भन्नेबारे पुष्टि भइनसकेको प्रहरी उपरीक्षक वलीले बताए । ‘हत्या गरिएका थापाको टाउकोमा गहिरो चोट छ’, प्रहरी नायब उपरीक्षक …

पुरा पढ्नुहॊस »

नेपाल आइडलका विक्रम बरालले ‘प्रसाद…’ को गीत गाउने

काठमाडाैं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ का उत्कृष्ठ सात प्रतिस्पर्धी मध्ये विक्रम बरालले चलचित्र ‘प्रसाद’को गीत गाउने अवसर पाएका छन् । यही मंसिर २१ गते रिलिज हुने चलचित्र ‘प्रसाद’को एउटा गीत विक्रमले गाउने भएका हुन् । शुक्रबार प्रशारण भएको नेपाल आइडलको श्रृखंलामा पुगेर उक्त चलचित्रका निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले विक्रमलाई ‘प्रसाद’को गीत गाउन अवसर दिने घोषणा गर्दै सम्झौता पत्रसमेत प्रदान गरे । विपिन कार्की स्टारर चलचित्र ‘प्रसाद’मा …

पुरा पढ्नुहॊस »

सिङ्गटीखोला जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सकियो

काठमाडौं । दाेलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेघावाटको सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ । असोज २० मा आयोजनाको सुरुङको पहिलो ‘ब्रेक थ्रु’सँगै करीब ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मनहरि सापकोटाले बताउनुभयो । आयोजनाको पहिलो सुरुङ छिचोलेपछि सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षको अवधिमा आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पर्याएको हो । अहिले आयोजनाको हेडतर्फको सुरुङभित्र फिनिसिङको काम शुरु भएको अयोजना प्रमुख सापकोटाले जानकारी …

पुरा पढ्नुहॊस »

माइक्रोबस चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य

काठमाडाैं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ । महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको पालामा फ्लोरेसेन्ट …

पुरा पढ्नुहॊस »

सानिमा बैंककाे तीन महिनाकाे नाफा ४६ करोड ४४ लाख

काठमाडाैं । सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४९ दशमलब ०३ प्रतिशतले नाफा बढाएको छ । चालू आर्थिक वर्षको सुरुको तीन महिनाको वित्तीय विवरण  बैंकले तीन महिनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष ३२ करोड ६९ लाख रुपैयाँ थियो । बैंकले ८४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८करोड रुपैयाँ ऋण लगानी गरेको छ । खुद व्याज आम्दानी ९७ करोड ८४ लाख …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिको दबाबमा एकेडेमी हटाएर हेलिप्याड !

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीकै दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ। प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकप्टरबाट उपत्यकाबाहिर जान-आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउँ चाहिएकाले सरकारले प्रहरी प्रतिष्ठान सार्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को भदौ २१ को बैठकले प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले …

पुरा पढ्नुहॊस »

नेकपा एकता प्रक्रियाः ओली र प्रचण्डको आ-आफ्नै ताल, कार्यकर्ताको बेहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ। पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ। पटक–पटक भाका सारिँदै आएको एकता प्रक्रिया झन् लम्बिँदै गएको छ। एकता प्रक्रियाका लागि कार्यदलले तयारी गरेर खाकासहितको प्रतिवेदन सचिवालयको बैठकमा पेस गरे पनि शीर्ष नेताबीचकै विवादका कारण स्थगित भएको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल …

पुरा पढ्नुहॊस »