एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढ्यो

काठमाडाैं । एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढेको छ । बैंकले यस आवको पहिलो त्रैमासिक अवधिमा ७५ करोड २६ लाख  रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा २७ करोड ७९ लाख रुपैयाँ थियो ।

बैंकको समग्र निक्षेपसँगै कर्जा प्रवाह बढेपछि व्याजपापतको आम्दानीमा उल्लेख्य वृद्धि भएको हो । १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । निक्षेप तथा कर्जाका आधारमा बैंक सबैभन्दा माथि देखिएको छ । बैंकले निश्क्रिय कर्जामा पनि सुधार गर्दै ०. २९ बाट ०. २६ मा झारेको छ ।

बैंकको सिसिडी रेसियो ७७. ६८ प्रतिशत छ । स्प्रेडदर ४. ९९ प्रतिशत छ । आधार प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा छ । बैंकको आधार व्याजदर १०. ७७ प्रतिशत छ । बैंकको बिहीबारसम्म बजार मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after