News desk

हङकङमा ‘एभरेष्ट इन्टरनेश्नल फिल्म अवार्ड’ हुँदै

काठमाडाैं । हङकङमा ‘एभरेष्ट इन्टरनेश्नल फिल्म अवार्ड’ हुने भएको छ । अवार्ड आगामी वर्ष जुनमा हुनेछ । उक्त अवार्डलाई  एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडले आयोजना गर्न लागेको हो । सो अवार्डमा कुल २१ विधा ‘पपुलर’ अवार्ड दिइने जानकारी आयोजकले दिएको छ । सन् २०१८ मा रिलिज भएका नेपाली सिनेमाहरुले यो अवार्डमा सहभागीता जनाउन सक्नेछन् । हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा यो अवार्डमा नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली सहभागी हुने अपेक्षा आयोजकले …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस फाइनान्सले चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्‍याउने

काठमाडाैं । सिटी एक्सप्रेस फाइनान्सको तेह्रौँ वार्षिक साधारण सभाले संस्थाको चुक्ता पुँजी  ८० करोड रुपैयाँ पुर्‍याउने र रणनीतिक साझेदार भित्र्याउने निर्याण गरेको छ । संस्थामा  ९ किसिमका बचत खाता र मुद्दती खातामा उच्चतम व्याज दिइने व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ । रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै आएको कम्पनीका अध्यक्ष चन्द्र …

पुरा पढ्नुहॊस »

दीपिका-रणबीर विवाहको तस्विर हेर्न २४ घण्टे प्रतिक्षा

काठमाडाैं । बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले इटलीमा बुधवार भएको विवाहको तस्बिर हेर्न बिहीबार ठूलो संख्याका भारतीयहरु व्यग्र प्रतिक्षामा थिए । भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले समेत ट्वीट गरेर दुई कलाकारका तस्बिरहरु हेर्न उनीहरुका फ्यान प्रतिक्षारत रहेको बताएका थिए । उनीहरुको विवाहको तस्बिर हेर्न झण्डै २४ घण्टा उनीहरुले प्रतिक्षा गरेका थिए । सामाजिक सञ्जालहरुको टिप्पणी हेर्दा यस्तै देखिन्थ्यो । त्यही प्रतिक्षाकै बीच रणबीरले आफ्नो …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको नाफा ४७ करोड ५८ लाख

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४७ करोड नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक विवरण अनुसार ४७ करोड ५८ लाख नाफा आर्जन गरेको हो जुन अघिल्लो आवको सोही अवधीमा ४१ करोड थियो । हिमालयन बैंकले ब्याज आम्दानीमा उल्लेख्य प्रगति गरेको छ । गत आवको असोज मसान्तमा ७७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ३१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा …

पुरा पढ्नुहॊस »

धर्नामा बसेका निर्मलाका आमाबुवाको स्वास्थ्य अवस्था बिग्रँदो

कञ्चनपुर । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो । कात्तिक २५ गतेदेखि धर्नामा बसेका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखाखोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप …

पुरा पढ्नुहॊस »

कामदार आपूर्ति गर्दै आएका १२ राष्ट्रको सम्मेलन आज सकिँदै

काठमाडाैं । वैदेशिक रोजगारीका लागि कामदार आपूर्ति गर्दै आएका १२ राष्ट्रहरूको काठमाडौंमा जारी सम्मलेन शुक्रबार सकिँदैछ । वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था कोलम्बो प्रोसेसको सम्मेलन काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै आज सकिने भएको हो । पहिलो दिन बिहीबार बसेको प्रोसेसको सचिवस्तरीय बैठकले तयार पारेको घोषणापत्रलाई अन्तिम रूप दिन आज १२ राष्ट्रको मन्त्रीस्तरीय बैठक बस्दैछ । रोजगारीका लागि तेस्रो देशमा श्रमिक पठाउँदै आएका सदस्य राष्ट्रका उच्च सरकारी अधिकारी …

पुरा पढ्नुहॊस »

नेपाल वायुसेवा निगमको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडाैं । नेपाल वायुसेवा निगमको नतिजा सार्वजनिक भएको छ । अधिकृत, लेखाअधिकृत, वरिष्ठ सहायक पदको नतिजा सार्वजनिक भएको हो । को- कसको नाम निस्किएको छ ? थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् :- 

पुरा पढ्नुहॊस »

माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण प्रक्रिया शुरु

काठमाडौं । माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ ।  यो आयोजनालाई उच्च प्राथमिकताका अघि बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । संखुवासभास्थित आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आहृान गरिएको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र (४ जनवरी २०१९) आवेदन दिन सक्नेछन् । विराटनगर-किमाथाङ (कोसी राजमार्ग) सडक अन्तर्गत गोला र बरुण बजारबीचमा पर्ने छङग्रानबाट आयोजनाको  बाँधस्थल (चेपुवा नजिक) …

पुरा पढ्नुहॊस »

हावाबाट विद्युत् उत्पादन गरिने

लमही । दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ । दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए । “कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन”, उनले भने, “तर स्याटलाइटको माध्यामबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ ।” “ती …

पुरा पढ्नुहॊस »

धर्म परिवर्तन गराउने दुई जापानी महिलालाई देश निकाला

काठमाडौं । गृह मन्त्रालयले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका २ जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निस्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाइ धर्म परिवर्तन गराउँदै आएका थिए । गृहसचिव प्रेमकुमार राईको सचिवस्तरीय निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निस्कासन गरिएको हो । उनीहरू पर्यटक भिसामा बस्दै आएका थिए । उनीहरूको …

पुरा पढ्नुहॊस »