अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने

काठमाडौं । ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ ।

उडान अाजदेखि शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए ।  “अाज पोखराको लेकसाइडबाट पहिलो उडान शुरु हुनेछ, हामीसँग दुईवटा बेलुन छन्, पहिलो चरणमा हामी एउटा मात्र उडाउँछौँ, एउटामा एक पटकमा आठ जनाले उडान भर्न मिल्छ”, उनले भने ।  पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान शुरु गर्न लागिएको उनको भनाइ छ ।

बेलुनले पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतरण गर्नेछ । यस व्यवसायबाट २५ जनाले रोजगारी पाउने बेलुन प्रालि नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ । खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालीम प्राप्त बेलुन पाइटल ल्याइएको छ ।

प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिई एक पटकमा आठ पर्यटकलाई उडान गर्नेछ । नेपालको आर्थिक मेरुदण्डको रूपमा रहेको साहसिक खेलमार्फत पर्यटकलाई थप आकर्षित गरिने प्रालिले विश्वास लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

प्रतिकृया दिनुहॊस