त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश : छ सय मेगावाट विद्युत् जोडिने

काठमाडौं । रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल, युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडी, नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफरलगायतको उपस्थितिमा नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा सवस्टेशनको शिलान्याश गरे ।

सो सवस्टशेनको लागत ६५ दशमलव २५ मिलियन युरो रहेको छ ।  सवस्टशेनमा माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी, १११ मेगावाट क्षमतामा रसुवागढी, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक, १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन र १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनलगायतका निर्माणाधीन र निर्माणमा जाने क्रममा रहेका करीब एक दर्जन आयोजनाको विद्युत् जोडिनेछ ।

निर्माणका क्रममा सुपर साञ्जेन, माथिल्लो मैलुङ र माथिल्लो त्रिशूली थ्री बीसँगै निजी क्षेत्रको अर्को आयोजनासमेत निर्माणमा जाने तयारीमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन …

प्रतिकृया दिनुहॊस