सुनको मूल्य एक सय बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुन तोलामा ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा सुनको भाउ १०० ले बढेको हो । बुधबार सुनको भाउ ५८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ ।

चाँदी भने आज बुधबारको तुलनामा रु ५ बढेको छ । बिहिबार ७२० मा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री