News desk

शान्ति प्रक्रियाका १२ वर्ष : राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च

काठमाडौं । तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे जनयुद्धको दीर्घकालीन समाधानका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो। राज्य र माओवादी पक्षबाट प्रभावित परिवारलाई राहतबापत राज्य कोषबाट अहिलेसम्म १७ अर्ब ३४ करोड ९० लाख रुपैयाँ वितरण भइसकेको छ। तर शान्ति सम्झौता भएको १२ वर्ष हुँदासमेत द्वन्द्वबाट कति प्रभावित भए भन्ने राज्यसँग यकिन तथ्यांक छैन। पीडितले न्याय पाउने कुरा भने टाढाको विषय बनेको छ। यो खबर आजको नागरिक दैनिकमा भाषा …

पुरा पढ्नुहॊस »

स्नायु प्रणालीबारे रोचक तथ्य

काठमाडौं । स्नायु प्रणाली अर्थात् न्युरोन्स कोषिकाहरुले बनेको जटिल समूह हो। स्नायु प्रणालीलाई शरीरको इलेक्ट्रोनिक तार पनि भनिन्छ। जसले प्रत्येक अंगको संकेत एक अर्कामा पुर्याउँछ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। संरचनात्मक रुपमा हाम्रो शरीरमा दुई किसिमका स्नायु प्रणाली हुन्छन्। केन्द्रीय स्नायु प्रणाली र परिधीय स्नायु प्रणाली। केन्द्रीय स्नायु प्रणाली मस्तिस्क र मेरुदण्डसँग सम्बन्धित हुन्छ। यी दुई अंगबाहेक सबैमा परिधीय हुन्छ। मानव मस्तिस्कमा सयभन्दा वढी न्युरोन्स हुन्छन्। एक मिल्की वेमा …

पुरा पढ्नुहॊस »

सय दिन काम दिन नसके सरकारले निर्वाह भत्ता दिने

काठमाडौं । सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा रोजगार सेवा केन्द्र खोल्ने निर्णय गरेको छ। श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा यो सेवा केन्द्र स्थानीय तहको मताहतमा रहनेछ। श्रम मन्त्रालयको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको हो। बैठकले ७ सय ५३ वटै तहमा अधिकृतस्तरको कर्मचारीको दरबन्दी सिर्जना गरेको छ। तत्कालका लागि ती कर्मचारी श्रमले नै नियुक्ति गर्नेछ। यो खबर कान्तिपुरले छापेको छ। श्रममन्त्री गोकर्ण विष्टले बेरोजगार युवालाई सहायता गर्नका …

पुरा पढ्नुहॊस »

अब सन्दीपले पाकिस्तानी लिग पनि खेल्ने, को को छन् टोलीमा?

काठमाडौं । सन्दीप लामिछानेलार्इ पाकिस्तानी सुपर लिग(पीएसएल)मा लाहोर कलन्दर्सले खरिद गरेको छ । पीएसएलको जारी ड्राफ्टबाट लाहोरले उनलार्इ अनुबन्ध गरेको हो । विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ । सन्दीपले यसअघि भारतको आइपिएलदेखि वेस्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडा ग्लोबल टी-२० लिग खेलिसकेका छन् । हाल टी-टेन लिग खेल्न हाल यूएर्इमा रहेका सन्दीप यसपछि अष्ट्रेलियाको बिग बास लिग खेल्नेछन् । दक्षिण अफ्रिकाका …

पुरा पढ्नुहॊस »

मुसलमान धर्मगुरुहरुको भेलामा विस्फोट, ५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । विमानस्थल नजिकै रहेको उक्त हलमा विस्फोट भएका बेला कम्तिमा एक हजार मानिस रहेको बताइएको छ । विस्फोटपछि मानिसहरुको …

पुरा पढ्नुहॊस »

विरासत फर्काउन एक हुँदै कोइराला परिवार

काठमाडौं । नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् । हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला महामन्त्री छन् । यस्तै, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय सदस्यको भूमिकामा छन् । उनीहरू तीनै जना १३औं महाधिवेशनबाट ब्याक भएको आफ्नो परिवारको राजनीतिक यात्रालाई एक भएर थाम्नेगरी अघि बढेका हुन् …

पुरा पढ्नुहॊस »

एनजीओलाई एक वर्षमा २० अर्ब, तर कहाँ खर्च गरे त्यति धेरै रकम ?

काठमाडौं । गैरसरकारी संस्था (एनजीओ) ले गत आर्थिक वर्षमा २० अर्ब रुपैयाँभन्दा बढी नेपाल भित्र्याएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन । गत आर्थिक वर्ष २०७४/७५ मा मुलुकका ७२३ एनजीओले २० अर्ब २९ लाख ७४ हजार ५३ रुपैयाँ भित्र्याएर खर्च गरे पनि लक्षित समुदायको जीवनस्तरमा देखिनेगरी परिवर्तन आउन सकेको छैन । सरकारी निकायले प्रभावकारी रूपमा अनुगमन र निगरानी गर्न नसक्दा यो स्थिति आएको हो । लक्षित समुदायभन्दा एनजीओ र तिनका …

पुरा पढ्नुहॊस »

विवाहका लागि चर्च खोज्दै रोनाल्डो दम्पत्ति

काठमाडौं । युभेन्टसका पोर्चुगिच स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विवाह गर्ने भएको छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिले इटालीयन क्लब युभेन्टसबाट व्यवसायीक रूपमा फुटबल खेल्दै आएका पोर्चुगलका रोनाल्डोले आफ्नो एक सन्तानकी आमा तथा फियोन्सी जर्जियाना रोड्रिग्वेजसँग विवाह गर्न लागेका हुन् । चार सन्तानसमेत भइसकेको उनीहरूको एक सन्तान जर्जियाना आफैले जन्माएकी हुन् भने दुई छोरा र एक छोरी रोनाल्डोले सरोगेसी मार्फत जन्माएका हुन् । ३३ वर्षीय रोनाल्डो र २४ वर्षीय रोड्रिग्वेजले केही …

पुरा पढ्नुहॊस »

जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ

काठमाडौं । जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ परेका छन् । प्रसिद्ध व्यवसायी गोनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरिएको हो । रेनोका अध्यक्ष र प्रमुख कार्यकारी तथा मित्सुबिसी मोटर्सका अध्यक्ष समेत रहेका गोनले आफ्नो कमाइबारे पूर्ण विवरण नदिएको र कम्पनीको सम्पत्ति व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको भेटिएकाले उनलाई पक्राउ गरेर हिरासतमा राखिएको बताइएको छ । निशानका प्रमुख कार्यकारी हिरोटो साइकावाले पत्रकार सम्मेलन गरी पक्राउ परेका गोनमाथि …

पुरा पढ्नुहॊस »

बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति

कामठमाडौं । रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि गन्तब्य मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गर्न उनीहरु सहमति भएको जानकारी दिएका हुन् । उनका अनुसार वैदेशिक रोजगारका लागि कामदार पठाउने १२ देशहरुको बैठक कोलम्बो प्रोसेस मा यस्तो सहमति भएको हो । यो निकै महत्वपुर्ण सहमति हो । यसले कामदारको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन ठुलो सहयोग …

पुरा पढ्नुहॊस »