एनएमबि बैंकले दिने भयो ३०% लाभांश, १०% बोनस सेयर

काठमाडौं । एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर र २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बुधबार बसकेको बैंक सञ्चालक समिति बैकठले यस्तो निर्णय गरेको हो ।

बैंकको यो निर्णय अब नियामक राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । केही समय अघि मात्रै बैंकले १५% बोनस सेयर दिएको थियो । एफपीओ खुला गरेका बेला बैंकले अघिल्लो वर्षको नाफाबाट १५% बोनस सेयर दिएको हो ।

 एनएमबी बैंकले गत आर्थिक बर्षमा एक अर्ब ८१ करोड रुपैंयाँ नाफा कमाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार …

प्रतिकृया दिनुहॊस