अबको प्रधानन्यायाधीश को? ‘अस्विकृत’ जोशी पनि सिफारिसमा

काठमाडाैं । ६ महिनाअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशी फेरि प्रधानन्यायाधीशको रोष्टर (सूची) मा परेका छन् । न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि जोशीसहित २ जनाको नाम संवैधानिक परिषदमा पठाएको छ ।

केही समयअघि न्यायपरिषद् सचिवालयले जोशी र अर्का न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख पठाएको हो । पुस १६ देखि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकास पाउँदैछन् । उनले अवकास पाउनुभन्दा १ महिनाअघि नै संवैधानिक इजलासले भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा उल्लेख छ । न्यायपरिषद् सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्चका दुई न्यायाधीशको अभिलेख अद्यावधिक गरेर केही दिनअघि नै पठाएको जानकारी दिए ।

‘हामीले प्रधानन्यायाधीश हुन संविधानले तोकेको योग्यता पुगेका न्यायाधीशहरू दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको अभिलेख संवैधानिक परिषद्लाई पठाएका छौं,’ उनले भने । ६ महिनाअघि प्रधानन्यायाधीशका लागि जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए । त्यसपछि राजीनामा दिन्छन् भन्ने धेरैको अड्कलविपरित जोशी सर्वोच्चको न्यायाधीशकैरूपमा जागिरमा फर्किए ।

न्यायाधीशको रूपमा काम गर्न संविधानले नरोकेको भन्दै उनले नियमित काम गरे । सर्वोच्च अदालतमा अहिले उनी र राणामात्र प्रधान्यायाधीश हुन योग्यता पुगेका न्यायाधीश छन् । सर्वोच्च अदालतको न्यायाधीशकोरूपमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने संविधानमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङमा पिकअपभ्यान दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

काठमाडौं । बागलुङमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान जैमिनी-७ जैदीको व्यार्थला नजिकै बिहान दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहॊस