इप्पानले २५औं वार्षिकोत्सव मनाउने, ऊर्जा समृद्धिका लागि विशेष कार्यक्रम घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव (रजत जयन्ती) आगामी २०८१ माघ ४ गते विशेष कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ। ऊर्जा उद्यमीहरुको छाता संस्था इप्पानमा हाल निजी क्षेत्रका ५०० भन्दा बढी ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको र यसरी व्यापक सहभागिता सहित संस्थाको नेतृत्व गर्न पाउनुमा संस्था गौरवान्वित भएको जनाएको छ।

इप्पानको अनुसार, वि.स. २०५७ साल माघ ४ गते स्थापना भएको यस संस्थाले २५ वर्षको यात्रामा ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। लोडसेडिङ अन्त्य र विद्युत निर्यातमा अग्रणी भूमिका खेलेको इप्पानले निजी क्षेत्रको सहकार्यमा देशको कुल ३२३५ मेगावाट विद्युत जडित क्षमता उपलब्ध गराउन सफल भएको छ। हाल थप ३९४७ मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन छन् भने ४५४५ मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौतामा छन्।

विशेष कार्यक्रम र रजत जयन्तीको तयारी
इप्पानले रजत जयन्तीको अवसरमा ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारा सहित विशेष लोगो समेत तयार गरेको छ। यस अवसरमा ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन र विभिन्न विधामा अवार्ड प्रदान गर्ने निर्णय गरिएको छ। त्यस्तै, “Economic Prosperity through Energy Development: Huge Opportunities, Challenges, and Solutions in the Energy Sector” विषयमा दुई प्यानल डिस्कसन समेत आयोजना हुनेछ, जसमा ऊर्जा विकासका अवसर र चुनौतीबारे मन्थन हुनेछ।

खेलकुद, सामाजिक र सांस्कृतिक कार्यक्रम
रजत जयन्तीको पूर्वसन्ध्यामा फुटसल, ब्याडमिन्टन प्रतियोगिता, रक्तदान, इभी र्‍याली, निबन्ध लेखन, वृत्तचित्र निर्माण र फोटो प्रतियोगिता जस्ता कार्यक्रमहरु पनि समावेश गरिनेछ। इप्पानले आफ्नो २५ वर्षको यात्रामा साथ दिने संघसंस्था र व्यक्तिहरुलाई सम्मान गर्ने योजना समेत रहेको जनाएको छ।

इप्पानको यो विशेष अवसरमा ऊर्जा विकासमा निजी क्षेत्रको योगदान र भावी सम्भावनाबारे समेत व्यापक छलफल हुने अपेक्षा राखिएको छ ।

  • प्रेस विज्ञप्ति

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउन लागेको कुरा जानकारी गराउन पाउँदा निजी क्षेत्रका ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीहरुको छाता संस्था इप्पान हर्षित भएको छ ।

वि. स. २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्वपूणर् २५ वर्ष समर्पीत गरेको छ । देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूणर् योगदान रहेको छ । देशको कुल विद्युत जडित क्षमता ३२३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागीतामा मात्रै २५४८ मेगावाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन हुनुका साथै ३९४७ मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४५४५ मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।

त्यस्तै १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजनाहरु अध्ययनको विभभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरुको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक खर्बौ रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुर्‍याइरहेको छ । गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुर्‍याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ ।

देशव्यापी रुपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्वपूणर् योगदान पुर्‍याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी २०८१ माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रुपमा मनाउने निणर्य गरेको छ । रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्नुका साथै विभिन्न विधामा अवार्डहरु दिने इप्पान कार्यसमितिको १८७ औं बैठकले औपचारिक निणर्य गर्दै रजत जयन्तीको लागि छुटै लोगो र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ रहेको छ ।

इप्पान डे को अवसरमा Economic Prosperity through Energy Development र Huge Opportunities, facing challenges and way of solutions in energy sector विषयमा दुईवटा प्यानल डिस्कसन आयोजना गरिने छ । सो सेसनमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर र नीतिहरुवारे मन्थन हुनेछ ।

त्यस्तै रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिनेछन् । जसमा फूटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी र्‍याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने छ । इप्पान डे को दिन विभिन्न विधामा इप्पान अवार्ड प्रदान गरिने छ भने २५ बर्षे यात्रामा साथ र सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गर्र्ने योजना पनि रहेको जानकारी गराउँदछौं ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारप्रति निजी क्षेत्रमा चरम निराशा छ, पोखियो भने नियन्त्रण गर्न मुस्किल पर्ला : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढीपहिरो प्रभावित जलविद्युत् आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिकरण गर्न नसक्ने भए हात उठाउनुपर्ने बताएका छन् । सोमबार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काबीच ऊर्जा मन्त्रालयमा भएको छलफलमा सो कुरा बताएका हुन् ।

प्रतिकृया दिनुहॊस