News desk

च्याम्पियन्स लिग टोलीमा मेस्सीको पुनरागमन

काठमाडाैं । घाइते भएर केही समय मैदान बाहिर बसेका बार्सिलोनाका कप्तान लियोनल मेसी मंगलबार इन्टरमिलानविरूद्ध मैदान उत्रने भएका छन् । सेभिल्ला विरुद्धको खेलमा हातमा चोट बोकेयता मैदान बाहिरै रहेका मेसीलाई मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले टोलीमा समावेश गरेका हुन् । चोटपछि कम्तीमा तीन साता गुमाउने भनिए पनि मेसी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए । मेसीलाई प्रशिक्षकले टोलीमा समावेश गरे पनि मैदानमा मौका पाउने/ नपाउने यकिन भएको छैन । …

पुरा पढ्नुहॊस »

यमपञ्चककाे पहिलाे दिन आज काग तिहार, यस्तो छ कागको महिमा

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।  यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने …

पुरा पढ्नुहॊस »

रहेनन् राष्ट्रिय पञ्चायतमा बहुदल माग्ने पद्मरत्न तुलाधर

काठमाडाैं । मानवअधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो उनको नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ गौरी प्रधानले जानकारी दिए । तुलाधरलाई नौ दिनअघि ब्रेन ह्यामरेजका कारण अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो । पछि नर्भिक अस्पताल सारियो । पछिल्लो समय उनलाई छातीमा संक्रमण देखिएको प्रधानले बताए । उनी राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलन गर्ने नेताका रूपमा चिनिन्छन् । तर, तुलाधरले आफैं २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक भाग लिएका …

पुरा पढ्नुहॊस »

गुन्डा नाइके समीरमानकी श्रीमती पक्राउ, ‘दुर्गा तिवारीको हत्यामा हतियार सप्लाइ ग‍रेकी थिइन्’

काठमाडौं । गुन्डा नाइके समीरमान सिंह बस्नेतकी श्रीमती पक्राउ परेकी छिन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतवार विहान काठमाडौंको ठूलो भर्‍याङबाट बस्नेतकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । श्रीमती शेरचनले आफ्ना श्रीमानलाई आपराधिक गतिविधिमा सहयोग गर्ने गरेको खुलेपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । शेरचनले दुर्गा तिवारीको हत्यालगायत अन्य घटनामा समीरमानलाई हतियार र पैसा सप्लाइ गर्ने गरेको अनुसन्धानबाट देखिएको उनले बताए । २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका …

पुरा पढ्नुहॊस »

तीन महिनामा प्रभु बैंकको खुद नाफा करिब ६० करोड

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेकाे पहिलो त्रैयमास प्रगति विवरण अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको हाे । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले २४ करोड ९६ हजार रुपैयाँले बढी खुद नाफा कमाएको हो । आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैयमासमा बैंकले ३४ करोड ८७ लाख रुपैयाँ मात्रै कमाएको थियो …

पुरा पढ्नुहॊस »

शसत्र प्रहरी जवानको शव निकाल्न गोताखोरको टोली बझाङमा

पार्वती ऐडी बझाङ । शसत्र प्रहरी जवान सेती नदीमा बगेर बेपत्ता भएका चार दिनपछि आइतबार शव निकालिदैछ । गोताखोरको टोलीले नदीको ढुङगामा अड्किएको शव निकाल्न लागेको हो ।सोलुखुम्बुबाट दुई र अत्तरियाबाट पाच जना गोताखोरको टोली बझाङ आएको छ । विहीबार दिउसो १ः३० बजे को समयमा सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ बर्षिया राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले …

पुरा पढ्नुहॊस »

जुम्लामा चिसो बढ्यो, डाँडामाथि हिउँ पर्न थाल्यो

काठमाडाैं । जुम्ला बिहानैदेखि अँध्यारो छ । जुम्लीहरुले निकै चिसो महसुस गरिरहेका छन् । वरिपरिका डाँडापाखामा हल्का हिउ परेको छ।  यतिबेला जुम्लाको तापक्रम निकै घटेर शून्य डिग्रीसम्म पुगेको छ । चिसो निकै बढेकाले बजार सुनसान छ । मानिसहरुको आवतजावत निकै पातलो भएको छ । गाउँघरमा पनि मानिसहरु काममा निस्कन सकेका छैनन् । अघिल्ला वर्षहरुमा चिसो अलि ढिलो सुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै चिसो बढेको छ । यसकारण …

पुरा पढ्नुहॊस »

खेलकुद मन्त्री विश्वकर्माले गरे बिसिए कप २०७५ को उद्घाटन

पार्वती ऐडी बझाङ । बुंगल एसोसिएसनको आयोजनामा हुन लागेको ‘धौली देवी स्मृति बिसिए कप २०७५’ उद्घाटन गरिएको छ । सर्वाधिक पुरस्कार राशिको बिसिएकप खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गरेका हुन् । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ब्याटिङ गरेर उद्घाटन गरेकाे कपमा अाइतबारबाट प्रतियाेगिताहरु सञ्चालन हुदैछन् ।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय महासचिव ऐन महर, विशिष्ट अतिथि पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडा, प्रतिनिधिसभा सदस्य भैरब बहादुर सिंह, आशा विक, प्रदेशसभा …

पुरा पढ्नुहॊस »

विधान र उमेरहद विवादमा अल्झियो नेविसंघको महाधिवेशन

काठमाडौं । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले आवश्यक निर्णय …

पुरा पढ्नुहॊस »

लागुऔषध तस्करीमा जनप्रतिनिधि, ३७ किलो चरेससहित तीन जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले शनिबार राति बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति करिब ८ बजे बुटवल उपमहानगरपालिका -१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज …

पुरा पढ्नुहॊस »