काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक शुरु भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
आजको बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचन, केन्द्रीय समिति बोलाउने एजेण्डा रहेको प्रवक्ता सापकोटाले बताए । यसैगरी आजको बैठकले सबै स्थानीय तहमा खबरदारी सभा गर्नेबारेमा पनि निर्णय लिने सापकोटाको भनाइ छ ।
आजको बैठकमा आगामी आन्दोलनको ‘मोडालिटी’का बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रतिकृया दिनुहॊस