एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपालगञ्जमा दुई आकाशे पुल बन्दै

काठमाडौं । नेपालगञ्जको दुई चोकमा आकाशे पुल निर्माणको प्रक्रिया शुरु गरिएको छ । अति व्यस्त बिपी चोक र धम्बोझी चोकमा आधुनिक प्रविधिको आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपीआर)बनाउन थालिएको छ ।

विकास बैंकको आर्थिक सहयोगमा यी दुई चोकमा र दोस्रोचरणमा नेपालगञ्जको गणेशमान चोक, पुष्पलाल चोकमा आकाशे पुल निर्माण गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताएका छन् । तीन वर्षको अवधिमा भएको तीव्र सडक विस्तारपछि बसाइसराइ र सवारी साधनको वृद्धिले नेपालगञ्जमा अहिले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

एशियाली विकास बैंकको झण्डै रु चार अर्बको आर्थिक ऋण अनुदान सहयोगमा नेपालगञ्जमा ६० किलोमिटर कालोपत्र सडक विस्तार गरिएको छ । आकाशे पुल निर्माणका साथै नेपालगञ्जमा ट्राफिक प्रविधिको जडान, सार्वजनिक स्थलमा सवारी पार्किङको व्यवस्था, झण्डै १० हजारको हाराहारीमा रहेको अटोरिक्सा व्यवस्थापनको चुनौती पनि नेपालगञ्ज नगरपालिकालाई थपिएको छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएको डेढ वर्षको अवधिमा नेपालगञ्जको विकासले ठूलै फड्को मारेको छ । नगरको वडा वडामा सडक कालोपत्र, साना ठूला नाला निर्माण, रानी तलाउको जीर्णोद्धार गरी नौकाबिहार सञ्चालन, बाल उद्यानको निर्माण लगायतका थुप्रै विकासका काम सम्पन्न भएका छन् भने थुप्रै योजना पनि बन्दै छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस