साना किसान लघुवित्तले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।

कम्पनीको पुस २१ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २५ प्रतिशत बोनश शेयर साथै कर प्रयोजनको लागि १.३१७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बोनस शेयर वितरणका लागि प्रस्ताव गरे अनुसार नै राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको र यही माघ १८ गते आयोजित साधारण सभामा वितरण गरिने कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् ।

साथै साधारण सभा प्रयोजनको लागि माघ ३ गतेदेखि १८ गतेसम्म संस्थाको शेयर किताब बन्द(बुक क्लोज) गरिने निर्णय भएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस