कांग्रेसमा पदाधिकारीको उमेरहद ७० वर्ष बनाउन सुझाव

काठमाडौ । नेविसंघको महाविधवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ । सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाव लिइँदै छ ।

यसबीच प्रदेश १ को इलाम र विराटनगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्नु सुझाव दिएको समाचार नयाँ पत्रिका दैनिकमा छ । विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानो दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाव दिएका छन् ।

‘पार्टीमा युवाहरुलाई आकर्षित गर्न कार्यकारी पदमा उम्मेदवारी दिन ७० वर्षसम्मको उमेरहद राख्नुपर्छ भन्ने सुझाव आएका छन्,’ ढुंगानाले भने, ‘७० वर्ष नाघेकाहरुले संरक्षक र सहयोगी बनेर अरुलाई अवसर दिनुपर्छ भन्ने मत आएका छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after