काठमाडाैं । सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १० रूपैयाँ सस्तो पर्ने भएको छ । हाल बजारमा चिनी खुद्रा मूल्य प्रतिकेजी ८० रूपैयाँसम्म पर्ने गरेको छ । सुपथ पसलमा सर्वसाधारणले ७० रूपैयाँमा नै चिनी पाउने छन् ।
चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले चिनी सुपथ मूल्य पसललाई प्रतिकेजी ५७ रूपैयाँले दिएको बताए । त्यसमा १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) सहित प्रतिकेजी ६५ रूपैयाँ पर्नेछ । त्यसमा ढुवानी खर्च जोड्दा सर्वसाधारणलाई ७० रूपैयाँ परेको हो ।
सरकारले हालै आयातित चिनीमा कोटा निर्धारण गरेको छ । जसले गर्दा चिनीको मूल्य बढेको हल्ला चलिरहँदा सुपथ मूल्य पसलबाट सर्वसाधारणले लाभ लिन सक्नेछन् ।
प्रतिकृया दिनुहॊस