भारतले चुम्यो सातौँ पटक एसिया कपको उपाधि

काठमाडाैं । शुक्रबार दुबईमा भएको एसिया कपको फाइनलमा बंगलादेशविरुद्ध भारतले ३ विकेटले रोमाञ्चक जित हात पारेको छ ।  बंगलादेशले दिएको २२३ रनको विजयी लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टाएको हो । एक दिवसीय क्रिकेटको उपाधिका लागि अन्तिम बलमा जित हात पारेको यो दोस्रो पटक हो ।

एसिया कप २०१८ को उपाधि उचाल्दै भारत ७ पटक एसिया कपको च्याम्पियन बन्न् सफल भएको छ । फाइनलमा शतक प्रहार गर्ने बंगलादेशी ब्याट्सम्यान लिटन दास म्यान अफ् द म्याच बने । त्यस्तै भारतका लागि ५ खेलमा ३४२ रन बनाउने शिखर धवन म्यान अफ् द सिरीज बने ।  उपाधिका लागि फाइनलमा भारतलाई फेभरेट मानिए पनि बंगलादेशसँग जितका लागि भारतीय ब्याट्सम्यानलाई निकै मेहनत गर्नुपर्यो ।

बंगलादेशी बलरले भारतीय ब्याट्सम्यानलाई कडा दबाब दिए । सुपर फोरको अन्तिम खेलमा अफगानिस्तानसँग टाई गरेको भारतले बंगलादेशसँगको खेलमा पनि उत्कृष्ट प्रर्दशन भने गर्न सकेन ।

अन्तिम ओभरको रोमाञ्चकता

भारतलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक थियो । भारतसँग तीन विकेट बाँकी थियो । बंगलादेशले अन्तिम ओभरमा महमुदुल्लाहलाई बलिङ गर्न दियो । क्रिजमा कुलदीप यादव र केदार जाधव थिए । कुलदीपले त्यसभन्दा पहिले मात्रै एक बल फेस गरेका थिए ।

कुलदीपले अन्तिम ओभरको पहिलो बलमा एक रन बनाए । दोस्रो बलमा केदारले एक रन लिए । तेस्रो बलमा कुलदीपले दुई रन लिए । अब बाँकी ३ बलमा भारतलाई जितका लागि मात्र दुई रनको खाँचो थियो । चौथो बलमा कुन कुनै रन बनेन । भारतलाई दुई बलमा अब दुई रन आवश्यक भयो । पाँचौ बलमा कुलदीपले एक रन लिए ।

अन्तिम बलमा भारतलाई एक रन चाहियो र क्रिजमा थिए  केदार जाधव । उनले अन्तिम बलमा प्रहार गरेको शर्ट फाइन लेगतर्फ गयो । भारतले लेगबाईमार्फत पाएको एक रनले उपाधि आफ्नो हातमा पार्यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस

This will auto close after