सम्पत्ति विवरण पेश नगर्ने ११८ राजनीतिक दललाई सात दिने अल्टिमेटम

काठमाडौं । राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले स्पष्टीकरण दिन सात दिनको समयसीमा दिएको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक दललाई कारवाही किन नर्गे भन्दै शुक्रबार स्पष्टीकरण दिन पत्र काटिएको बताए । प्रमुख एवं राष्ट्रिय दलको मान्यता प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल नेपाल एवं साना दलसहित ११८ राजनीतिक दललाई सात दिने स्पष्टीकरण सोधिएको समाचार राजधानी दैनिकमा छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ को उपदफा ७ मा सम्पत्ति विवरण पेश नगरेमार निर्वाचन अयोगले प्रत्येक व्यक्तिलाई १० हजार जरिवाना गर्न सक्ने व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, महिला गम्भीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे …

प्रतिकृया दिनुहॊस