News desk

बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी

दाङ । बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले ती व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले ती व्यक्तिलाई फोन गरेर माल कहिले ल्याउँछस् भन्दै सोधेको र ल्याउँदै छु भनेर यताबाट …

पुरा पढ्नुहॊस »

सर्लाहीमा रोकिराखेको बसमा ट्रक ठोक्कियो, घटनास्थलमै तीनको मृत्यु, तीन घाइते

काठमाडाैँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत ईश्वरपुर खण्डमा शनिबार बिहान रोकिराखेको रात्रि बसलाई ट्रकले ठक्कर दिँदा तीन यात्रुको मृत्यु भएको छ। काठमाडौंबाट इलामका लागि जाँदै गरेको ना ४ ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। प्रहरीका अनुसार दुर्घटनामा इलाम सुल्बुङ-७ का २७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका-१६ का ३० वर्षीया विनिता राई र पर्साको वीरगंज उपमहानगरपालिका-१९ का ३५ वर्षीय रहिम मियाँको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बैंक प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत सुशिल श्रेष्ठ, नायब महाप्रवन्धकहरु टेकराज जोशी लगायत बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत वित्तीय समावेशीकरणका लागि वित्तीय साक्षरता मुलक ब्यानर, विविध चेतानामुलक प्लेकार्डसहित उपस्थित र्याली बैंकको केन्द्रीय कार्यालयस्थित सिंहदरबारप्लाजाबाट सुरु भएकाे थियाे । र्याली भद्रकाली, न्युरोड, रत्नपार्क, …

पुरा पढ्नुहॊस »

निःशुल्क प्राविधिक शिक्षा : परीक्षा केन्द्र निर्धारण गरियो (सूचनासहित)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्रालाई निःशुल्क रुपमा प्राविधिक शिक्षा पढाउने कार्यक्रमअनुसार आवेदन दिनेहरुको प्रवेश परीक्षासम्बन्धी तालिका निर्धारण गरेको छ । परिषद्ले प्राविधिक एसएलसी र डिप्लोमा÷प्रमाणपत्र तहको अध्ययनका लागि प्रवेश परीक्षा माघ १२ गते सञ्चालन हुने जनाएको छ । परीक्षा बिहान सवा १० बजेदेखि सुरु हुनेछ भने तोकिएको केन्द्रबाट माघ १० र ११ गते प्रवेश परीक्षा लिनुपर्नेछ । यस्तै परीक्षामा सहभागि …

पुरा पढ्नुहॊस »

स्विस बैंक रकम प्रकरण सरकारले छानबिन गर्ने

काठमाडौं।  स्विस बैंकमा ५५ नेपालीको शंकास्पद रकम रहेको बारेमा सरकारले छानबिन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्विस बैंकमा पैसा रहेका भनिएका व्यक्तिमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ । खोज पत्रकारिता केन्द्रले आईसीआईजेसँगको समन्वयमा गरेको खोजमा ५५ नेपालीले स्विस बैंकमा शंकास्पद रूपमा पैसा राखेको दाबी गरेको थियो । त्यस सम्बन्धमा सत्यतथ्य पत्ता लगाई छानबिन गर्न शुद्धीकरण विभागलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले …

पुरा पढ्नुहॊस »

दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु

काठमाडाैँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३ एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलमा सवार सोही ठाउँका २४ वर्षीय बुद्धिबहादुर गुरुङ र स्कुटर चालक आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका २० वर्षीय नवीन थापा घाइते भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। मुग्लिङबाट आँबुखैरेनीतर्फ …

पुरा पढ्नुहॊस »

यी हुन् विश्वका धनाढ्य शासक, कति छ उनीहरुको सम्पत्ति ?

काठमाडाैँ । विश्वका विभिन्न देशका राष्ट्रपति, राजा र नेता अत्यन्तै धनी छन्। धनाढ्य शासक कोही राजधानीका भव्य दरबार छाडेर सामान्य अपार्टमेन्टमा बस्छन् भने कसैले १५ पटकसम्म विवाह गरेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। सन् २००० देखि निरन्तर सत्तामा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कम्तीमा ४० र वढीमा २ सय बिलियन अमेरिकी डलर सम्पत्ति छ। स्वाजिल्याडका राजा मस्वाती थर्डसँग ५० बिलियम डलर सम्पत्ति छ। उत्तर कोरियाली नेता किम …

पुरा पढ्नुहॊस »

मानिस र पृथ्वी जोगाउने ‘डायट प्लान’, पृथ्वी कसरी सुरक्षित रहन्छ ?

काठमाडाैँ । वैज्ञानिकहरूले मानव तथा पृथ्वीको संरक्षण हेतु एक विशेषप्रकारको खाद्य पद्धतिको विकास गरेका छन् । यसैबाट सन् २०५० सालसम्म एक हजार करोड मानिसको पेट पनि भर्न सकिनेछ । पृथ्वीमा रहेका सबै मानिसले रातो मासु र चिनीको उपभोगमा ५० प्रतिशतले कमी गरेर त्यसको बदलामा फलफूल तथा तरकारीको मात्रा बढाए प्रत्येक वर्ष समयभन्दा अगाडि मर्ने मानिसको जनसङ्ख्यामा पनि कमी ल्याउन सकिनेछ । इट (ल्यान्सेट कमिसनअन्तर्गत संसारभरिका ३७ वैज्ञानिकहरूले दुई वर्ष लामो अनुसन्धानपश्चात् …

पुरा पढ्नुहॊस »

उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच छिट्टै भेटवार्ता हुने

काठमाडाैँ । उत्तर कोरियाका नेता किम जोङ उन  र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को महिना भेटवार्ता हुने भएको छ । अमेरिका पुगेका उत्तर कोरियाका एक उच्च अधिकारी किम योङ्ग चोलले ह्वाइटहाउसमा ट्रम्पसँग भेट गरेका छन् । भेटपछि आउँदो फेब्रुअरीको अन्त्यतिर ट्रम्प र किमबीच भियतनाममा वार्ता हुने तयारी भइरहेको बीबीसीले जनाएको छ । किम योङ्ग चोल उत्तर कोरिया तथा अमेरिकाबीचको अघिल्लो पटक भएको वार्तामा सहभागीमध्येका एक सदस्य हुन् । ट्रम्प र …

पुरा पढ्नुहॊस »

बालबालिका हराउनेक्रम बढ्यो, ५२ जना बालबालिका हराए

काठमाडौं ।  पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताइन् । हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर चार बालिका र ११ बालक अझै फेला नपरेको उनले जानकारी दिए …

पुरा पढ्नुहॊस »
This will auto close after