मेगाको शाखारहित बैंकिङ सेवा अब पर्वतको कुश्मामा पनि

काठमाडौं । मेगा बैंकले पर्वतको कुश्मामा पनि शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ । सेवा विस्तारको क्रममा रहेको बैंकले कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकबाट सेवा शुरुवात गरेको हो । शाखारहित बैंकिङ सेवाको कुश्मा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा उद्घाटन गरे । वडा अध्यक्ष लामिछानले पर्वत जिल्लामै रहेर पनि सुलभ बैकिङ्क सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिका ज्ञादीका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ सेवाले सहज बनाउने विश्वास व्यक्त गरे ।

मेगा बैंकका शाखा प्रबन्धक तिवारीले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न ज्ञादीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बताए । गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैंयासम्म शाखारहित बैंकिङ सेवामार्फत मेगा सरल कर्जा लगानी गरिने उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after