चिसोले अमेरिकामा मृत्यु हुनेको संख्या २९ पुग्यो, केही हप्तापछि बाढीको सम्भावना

अमेरिका । अमेरिकामा अझै पनि हिमपात जारी छ । पोलर भोर्टेक्स (चिसो हावा) का कारण शुक्रबार पनि केही इलाकामा तापक्रममा भारी गिरावट देखियो । चिसोका कारण विभिन्न इलाकामा अहिलेसम्म २९ को मृत्यु भइसकेको छ । मौसम विभागका अनुसार यहाँ चाडै नै मौसममा निकै परिवर्तन आउने सम्भावना छ । केही हप्तापछि नै तापक्रम निकै वृद्धि हुने मौसम विभागले अनुमान गरेको छ । केही इलाकामा तापक्रम २६ डिग्रीसम्म पुग्न सक्छ । त्यसकारण यहाँ बाढीको पनि सम्भावना  छ ।

शिकागोमा शनिबारको तापक्रममा निकै परिवर्तन देखियो । शनिबारको तापक्रम माइनस ३० डिग्रीबाट माइनस ५ मा पुगेको छ । मौसम विभागका अनुसार मौसममा यस्तो प्रकारको परिवर्तन निकै अचम्म हो । हप्ताभरीको अत्यधिक चिसोपछि स्थिती सुधारोन्मुख छ । यहाँ शुक्रबारको तापक्रम माइनस १७ थियो ।

माइनस ३० सम्म पुगेको थियो तापक्रमः

यसअघि शिकागोको तापक्रम माइनस ३० सम्म पुगेको थियो । पानीलाई भकभकी उमालेर निकालेको केही सेकेन्डमा नै बरफ बन्ने स्थिती थियो ।रेल चलाउनका लागि ट्र्याकमा आगोसम्म लगाउनु परेको थियो ।शिकागो नदी पनि पूरै जमेको थियो ।शिकागो नदी पनि पूरै जमेको थियो ।

स्कूल–अफिस खुल्लाः

शिकागोसमेत विभिन्न शहरका स्कूल र अफिस अब खुल्न थालेका छन् । न्यूयोर्क टाइम्सका अनसार केही घण्टा र दिनमै तापक्रममा यस्तो वृद्धिपछि बाढी र जल निकासीमा समस्या हुनसक्छ ।

शिकागोमा यस्तो रह्यो तापक्रम

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस