प्रदेश २ मा जन्मिनेबित्तिकै डेढ लाखको बिमा, नागरिकता पाएपछि बैंकबाट झिक्न सकिने

जनकपुरधाम । प्रदेश २ सरकारले नवजात शिशुको जीवन बिमा गरिदिन थालेको छ। आठ जिल्लाका एक\एक गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिका गरी आठ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिनेवित्तिकै  बिमा गरिदिन थालेको हो।

 तराईमा भ्रूण हत्या अन्त्य गर्न माघ १ गतेदेखि जन्मिएका शिशुको जीवन बिमा शुरु गरेको  मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहत र पर्साको आठ स्थानीय तहका सबै वडामा जन्मिने नवजात शिशुको नाममा जीवन बिमा गरिदिन थालेको बताए।

‘यहाँ बेटीले जन्मिनै पाउँदैनन्, कैयाँंको गर्भमै हत्या हुन्छ’, मुख्यमन्त्री भने, ‘यसलाई रोक्न हामीले शिशुको जीवन बिमा थालनी गरेका हौँ।’ प्रदेश २ सरकारले घोषणा गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै पहिलो चरणमा माघ १ गते देखि जन्मिने हरेक शिशुको नाममा एक लाख २५ हजार रुपैयाँ बराबरको बिमा गरिदिन थालेको मुख्यमन्त्री राउतले बताए।

उनले बिमाको रकम शिशु वयस्क भएर नागरिकता प्रमाण–पत्र प्राप्त गरेपछि बैंकमा खाता खोलेर उसैको नाममा जम्मा गरिदिने व्यवस्था गर्न लागेको बताए।  ‘बिमा योजना कार्यान्वयन भएपछि नवजात शिशु जन्मिने वित्तिकै लखपति हुन्छन्। शिशु हुर्किएपछि पठनपाठनको लागि खर्च अभाव हुँदैन’, उनले भने। बजेट तर्जुमा गरी चरणबद्ध रूपमा  आठवटै जिल्लाको सबै स्थानीय तहको वडा तहसम्म घर घरसम्म विस्तार गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राउतले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds