भरतपुरमा बसको ठक्करबाट वृद्ध महिलाको मृत्यु

चितवन । चितवनमा मिनीबसको ठक्करबाट आइतबार बिहान एक वृद्ध महिलाको मृत्यु भएको छ।

पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा ३ ख २५६५ नम्बरको मिनीबसले बिहान ६ः१५ बजे पैदलयात्री राप्ती नगरपालिका-४, डुडुवा चोककी ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो।

स्थानीय रुटमा चल्ने उक्त मिनिबसको ठक्करले घटनास्थलमै मृत्यु हुमागाईंको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको सम्पर्कमा रहेको भण्डारास्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

पोस्टमार्टमका लागि शव भरतपुर अस्पतालमा राखिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री