News desk

नाग्म गमगढी राजमार्ग बन्द, डोजरले हिउँ पन्छाउँदा पनि खुलेन सडक

खलङ्गा । यस वर्ष परेको तेस्रो पटकको हिमपातले जुम्लादेखि मुगुको गमगढीसम्म जाने सडक एक सातादेखि अवरुद्ध भएको छ । सडकमै बाक्लो हिउँ थुप्रिएका कारण सडक अवरुद्ध छ । यातायात चल्न सकेको छैन । सडक डिभिजन कार्यालयले डोजरको प्रयोग गरी हिउँ पन्छाउँदै छ । सडक डिभिजन कार्यालय जुम्लाले चार दिनदेखि बाटो खुलाउन डोजर प्रयोग गरेको इन्जिनियर श्रवणकुमार महताराले जानकारी दिए । उनका अनुसार बाक्लो हिमपात भएपछि सडक बन्द भएकाले खुलाउन डोजर …

पुरा पढ्नुहॊस »

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । निगमले एलपी ग्यासको मूल्य भने समायोजन गरेको छैन । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा …

पुरा पढ्नुहॊस »

५६ लाखले गराए जीवन बीमा, महिलाको संख्या ३९ प्रतिशत मात्रै

काठमाडौं । देशभरमा जीवन बीमा गराउनेको संख्या ५६ लाख नाघेकाे छ । जीवन बीमा गराउने क्रम बढ्दो रहेकाे तर पुरुषको तुलनामा जीवन बीमा गराउने महिनाको संख्या निकै कम रहेको तथ्याङ्कले देखाएकाे छ । ६१ प्रतिशत पुरुषले जीवन बीमा गराउँदा महिलाको हिस्सा ३९ प्रतिशत मात्र रहेको पाइएको छ । पुरुषको तुलनामा महिला सहभागिता हरेक क्षेत्रमा कम छ अरु क्षेत्रमा जस्तै जीवन बीमा गराउनेमा पनि महिलाको सहभागिता कम पाइएको हो । चालु …

पुरा पढ्नुहॊस »

पाचन प्रक्रिया सन्तुलित बनाउन यी ७ खाद्यपदार्थ

काठमाडाैँ । स्वस्थ रहन चाहने हो भने पेटको विशेष ख्याल राख्न जरुरी छ । पाचन प्रक्रिया अस्वस्थ भएमा स्वस्थ जीवन बिताउन सकिँदैन । पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका रोग लाग्न सुरु हुन्छ । त्यसैले, पाचन प्रक्रियालाई व्यवस्थित बनाउन खानामा विशेष ध्यान दिनुपर्छ । यी हुन् पाचन प्रक्रिया गडबडी भएमा खानयोग्य सात खाद्यपदार्थ : मेवा मेवामा पपिन नामक इन्जाइम हुन्छ । जसले प्रोटिनलाई टुक्र्याएर पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । …

पुरा पढ्नुहॊस »

उदयपुरका आठवटै स्थानीय तहमा भ्यू टावर निर्माण गर्ने प्रतिस्पर्धा

उदयपुर । उदयपुरका स्थानीय तहहरु पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न ठाउँमा भ्यू टावर निर्माणको प्रतिस्पर्धामा लागेका छन् । जिल्लाका आठ वटै स्थानीय तहले पर्यटकका लागि दृश्यावलोकन स्तम्भ निर्माण सुरु गरेका हुन् । चौदण्डीगढी नगरपालिकाले ऐतिहासिक स्थल चौदण्डीगढी दरबार परिसरको बतासे डाँडामा टावर निर्माणको काम ९० प्रतिशत पूरा गरिसकेको छ । शहरी विकास मन्त्रालय, नगरपालिका, संसद् क्षेत्र विकास कोष, नागरिक उड्यन तथा पर्यटन मन्त्रालयसहितको ५० लाख रुपैयाँको लागतमा यो भ्यूटावर निर्माण …

पुरा पढ्नुहॊस »

एकसातामा नेप्से ११ अंकले घट्यो, १ अर्ब ३३ करोडको कारोबार

काठमाडाैँ । यो साता सेयर बजारमा परिसूचक नेप्से घटेको छ । बजारमा लगानीकर्ताले शेयर खरिदविक्री घटाउँदा परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि घटेको छ । बजारमा लगानीकर्ताको उपस्थिति न्यून रहदा सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ । यो साता नेप्से परिसूचक ११ दशमल १५ अंकले घटेर १ हजार १ सय ६१ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झण्डै २ अंकले घटेको …

पुरा पढ्नुहॊस »

डोटीमा जीप दुर्घटना : एक जनाको ज्यान गयो, दुई घाइते

डोटी । अत्तरिया–स्याउले जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने डोटीको जोरायल गाउँपालिका–२, रुपसकाँडामा शुक्रबार राति १२ बजे लु १ च २५०८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले दिएकाे जानकारीअनुसार जीप दुघटनामा परि भारतको बरेली घर भएका अन्दाजी अमेर ४०/४१ का बब्लुको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि डोटीको केआई सिंह गाउँपालिका–५, रानागाउँ …

पुरा पढ्नुहॊस »

जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी

बाजुरा ।  बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको बताइएको छ ।

पुरा पढ्नुहॊस »

२०७६ मा गोवर्धनपूजा र भाइटीका एकै दिन, बिहान गणेशचौथी : दिउँसो ऋषिपञ्चमी

काठमाडौं । आगामी वर्ष अर्थात् २०७६ सालमा विजयादशमी कति गते परेको होला? लक्ष्मीपूजा र भाइटीका कुन दिन होला? यस्ता जिज्ञासा राख्नुभएको छ भने पञ्चाङ्ग निर्णायक समितिद्वारा मान्यतााप्राप्त पञ्चाङ्ग(पात्रो) बजारमा आइसकेको छ। यो वर्षको विजयादशमी असोज २१ गते मंगलबार परेको छ। घरघरमा जमरा राख्ने दिन अर्थात् घटस्थापना असोज १२ गते आइतबार परेको छ। नवरात्र अनुष्ठान यसै दिन शुरु हुन्छ। दशैँका महत्त्वपूर्ण दिन फूलपाती  १८ गते शनिबार परेको छ। १९ गते महाष्टमी र …

पुरा पढ्नुहॊस »

आज माघ १९, यस्तो थियो राजतन्त्र नै समाप्त हुने आधार तयार पार्ने शाही घोषणा

काठमाडाैँ । आज माघ १९ गते। नेपालको प्रजातान्त्रिक आन्दोलनमा माघ १९ लाई कालो दिनको रुपमा लिने गरिन्छ। ०६१ साल माघ १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दोस्रो पटक बर्खास्त गरी तत्कालिन राजा ज्ञानेन्द्रले सम्पूर्ण शासन सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गरेका थिए। शाही घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द …

पुरा पढ्नुहॊस »