प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ । स्वास्थ्य अवस्था सुधार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो ।

अस्पताल स्रोतका अनुसार बिहान तीन बजे प्रधानमन्त्रीलाई पुर्‍याइएको हो । शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ । चिकित्सको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारको उपचार सम्भव नभएको हो। अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था स्थिर रहेकाले आइसियूमा भने नराखिएको अस्पताल स्रोतले जानकारी दियो । यसअघि गत शुक्रबार नै चिकित्सकले केही दिन अस्पतालमै राख्नुपर्ने बताए पनि ओलीलाई चिकित्सकको निगरानीमा बालुवाटार नै राखिएको थियो । बालुवाटारमा क्याबिनेट चिकित्सक, कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा प्रधानमन्त्रीको उपचारमा खटिएका थिए । यस्तै, फुड न्युट्रिसियनका रुपमा डा. सन्तकुमार दास पनि बालुवाटार खटिएका थिए ।

स्वास्थ्य अवस्था बिग्रिएपछि दशैँयता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका छैनन् । शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नभएपछि भने स्वास्थ्य अवस्थाबारे चासो बढेको हो । छातीको इन्फेक्सन बढेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या बढेको हो ।

स्वास्थ्य अवस्था सुधार नभएपछि आइतबार बिहानका दुई सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी भएका थिएनन् । प्रधानमन्त्री ओलीले ११ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका थिए । मृर्गौला पत्यारोपण गरेकाहरूलाई संक्रमणको सम्भावना ज्यादा हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब कोरिया जान मागको तीन गुणा मात्र आवेदन लिइने

काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका …

प्रतिकृया दिनुहॊस