News desk

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ । स्वास्थ्य अवस्था सुधार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो । अस्पताल स्रोतका अनुसार बिहान तीन बजे प्रधानमन्त्रीलाई पुर्‍याइएको हो । शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ । चिकित्सको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारको उपचार सम्भव नभएको हो। अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । …

पुरा पढ्नुहॊस »

यूएईमा नेपाली युवतीबीच विवाद हुँदा छुरा प्रहार, एकजनाको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी छन् । बिहीबार रातिको घटनामा घाइते भएकी बरालको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । गम्भीर घाइते ममता चौधरीको आइसीयूमा उपचार भइरहेको छ । आशा दर्जी र सलिना मगर सामान्य घाइते छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार कम्पनीको क्याम्पभित्र मदिरा सेवनका क्रममा विवाद हुँदा चक्कु प्रहार भएको हो ।

पुरा पढ्नुहॊस »

ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित

काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् । हिजो भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता फर्नान्डो हड्डाडलाई पराजित गर्दै दक्षिणपन्थी नेता बोलसोनारो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी वामपन्थी नेता हड्डाडले ४४ प्रतिशत मत मात्र प्राप्त गरे । सेनाका भूपूर्व कप्तान ६३ वर्षीय बोलसोनारो एउटा सानो तथा अनुदारवादी सोसल लिबरल पार्टीको प्रतिनिधित्व गर्छन् । उनले चुनावका क्रममा आपराधिक गतिविधि …

पुरा पढ्नुहॊस »

बार्सिलोनाद्वारा रियाल मड्रिड पराजित, सुवारेजले गरे ह्याट्रिक

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराती बार्सिलोनाले रियाल मड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरमा हराएको छ । झण्डै एक दशकपछि भएको लियोनल मेस्सी र रोनाल्डो बिनाको एल क्लासिकोमा घरेलु टोली बार्साले सहज जित निकालेको हो । बार्सीलोनाको मैदान नुओ क्याम्पमा बार्सालाई विजयी गराउन लुईस सुवारेजले ह्याट्रिक गरे । यसैगरी ब्राजिलियन खेलाडी मार्सेलोले एक सान्तोना गोल फर्काएका थिए । जितपछि बार्सिलोनाले १० खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेण्ट बैंकका थप ६ एटिएम संचालनमा

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ । काठमाडौंको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडि, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुन्छे एक्सटेन्सन काउन्टर तथा सर्लाहीको बरहथवा शाखामा एटिएम सेवा थप गरिएको बैंकले जनाएको छ । सर्वसाधारणलाई छिटो छरितो तरिकाले आर्थिक कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले एटिएम सेवा विस्तार गरिएको बैंकको भनाइ छ …

पुरा पढ्नुहॊस »

यस्तो छ शीर्ष नेता तथा मन्त्रीका दशैं योजना

काठमाडाैं । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा नै दशैं मनाउने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले बालुवाटारमा र अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा दशैं मनाउने छन्। अध्यक्षद्वयले दशैंको समयमा पार्टीको सांगठनिक एकता प्रक्रियाका बारेमा गृहकार्य गरेर टुंगो लगाउने तय भएको छ। दशैंको समयभित्र नै आन्तरिक गृहकार्य गरी जिल्लादेखि …

पुरा पढ्नुहॊस »

दसैँमा यसरी बचाअाैँ स्वास्थ्य

काठमाडाैं । दसैँमा चिल्लो पदार्थयुक्त मासुजन्य खाद्यपदार्थका परिकार अत्यधिक मात्रामा सेवन गर्ने चलन छ । मासुजन्य परिकारमा पानीको मात्री न्युनतम र चिल्लो पदार्थ अधिकतम हुन्छ। जसले गर्दा हाम्रो शरीरमा असन्तुलन पैदा हुन्छ । दसैँमा खानेकुरामा ध्यान नदिँदा फुड पोइजन हुन सक्छ । विशेषगरी दूध तथा दूधजन्य पदार्थ, मासु र अण्डा भण्डारणमा विशेष ध्यान दिनुपर्छ । मासु र मासुजन्य परिकार अत्यधिक उपभोगका कारण मुटु रोग, मोटोपन, उच्च रक्तचाप, मधुमेय, क्यान्सर रोग …

पुरा पढ्नुहॊस »

सहमतीबाट पछि हट्यो भारतः नयाँ हवाई रुट थप्न अस्वीकार

काठमाडाैं । नेपालाई चारवटा अवाई रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ। प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्केका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्। ‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेन,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्रीकै तहको बार्तामा फर्केको छ। प्राविधिकको बार्ताबाट टुंगिएन।’ …

पुरा पढ्नुहॊस »

प्रेम विवाहको एक महिनामै सम्बन्ध विच्छेदको उजुरी

सप्तरी । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका–३ का राकेशकुमार रायले मानसिक र शारिरीक यातना दिने गरेकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको साहले बताइन् ।

पुरा पढ्नुहॊस »

जर्मनीमा विमान दुर्घटना तीनकाे मृत्यु, पाँच घाइते

काठमाडाैं । जर्मनीमा निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन् । बिमान चालक भने सामान्य घाइते भएका छन् । विमानस्थलबाट विमानले उचाई लिने क्रममा एक्कासी …

पुरा पढ्नुहॊस »