बार्सिलोनाद्वारा रियाल मड्रिड पराजित, सुवारेजले गरे ह्याट्रिक

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराती बार्सिलोनाले रियाल मड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरमा हराएको छ । झण्डै एक दशकपछि भएको लियोनल मेस्सी र रोनाल्डो बिनाको एल क्लासिकोमा घरेलु टोली बार्साले सहज जित निकालेको हो ।

बार्सीलोनाको मैदान नुओ क्याम्पमा बार्सालाई विजयी गराउन लुईस सुवारेजले ह्याट्रिक गरे । यसैगरी ब्राजिलियन खेलाडी मार्सेलोले एक सान्तोना गोल फर्काएका थिए । जितपछि बार्सिलोनाले १० खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियल १४ अंक सहित तालिकाको ९ औं स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस