प्रचण्डको ब्रिफिङ- सत्ता गठबन्धन भत्किँदैन, माधवजी बुढानीलकण्ठ गएको जानकारी थियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन तत्काल नभत्किने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले गठबन्धन नभत्किने ‘ब्रिफिङ’ गरेका हुन् ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले सुनाए, ‘गठबन्धनमा कुनै समस्या आउँदैन । बाहिरको अनावश्यक चर्चा भइरहन्छन् । तर, सरकार आफैं ढंगले अघि बढ्छ ।’ उनले माधव नेपाल गलत मनसायले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नगएको सांसदहरूलाई सुनाए ।

ती सांसदका अनुसार बैठकमा प्रचण्डले भने, ‘माधवजी गलत मनसाय लिएर बूढानीलकण्ठ जानु भएको होइन । जानुअघि मलाई जानकारी गराउनु भएको थियो । उहाँले समीकरण छाड्नु हुन्न कुराकानी भइरहेका छन् ।’ पार्टी अध्यक्ष र संसदीय दलका नेता समेत रहेका प्रचण्डले गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी पनि सँगै रहने बताएको बैठकमा सहभागी एक माओवादी सांसदले जानकारी दिए । प्रचण्डको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘सरकार-गठबन्धन तत्काल केही हुन्न । माधव कमरेडहरूको तलमाथि हुन्न ।’

प्रधानमन्त्री प्रचण्डले बिहीबार विराटनगरमा माधवकुमार नेपाल अर्को समीकरणमा नजाने दाबी गरेका थिए । सत्ता गठबन्धनमै भए पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले महत्त्वपूर्ण निर्णय लिँदा आफूसँग परामर्श नगरेको भन्दै नेपाल असन्तुष्ट देखिएका छन् । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेपालसहित, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशमा सरकार निर्माणबारे छलफल गर्न पुगेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमालेका मन्त्रीले राजीनामा दिएपछि ८ मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं । एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् । …

प्रतिकृया दिनुहॊस