आगामी आवमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत् निर्यात गर्ने बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा बंगलादेशलाई विद्युत् निर्यात गर्ने घोषणा गरेका हुन् ।

उनले सरकारले आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत् थप गरेर राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार ६ सय मेगावाट पुर्‍याइने लक्ष्य पनि लिएको छ । अर्थमन्त्री पुनले विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानुनी प्रबन्ध गर्ने बताए ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षभित्र १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ६७० मेगावाटको दूधकोशी र ४१७ मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजना तथा दुई सय मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिने पनि बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा …

प्रतिकृया दिनुहॊस