होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूलाई दिइयो योग तथा पूर्वकर्म अभिमुखीकरण (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले होमस्टे, होटेल तथा रिसोर्टका सञ्चालकहरूका लागि योग तथा पूर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आयुर्वेद तथा योगको माध्यमबाट पर्यटकलाई चिकित्सा सेवा प्रदान गरी चिकित्सा पर्यटनको विकास र प्रवर्द्धन गर्ने उदेश्यका साथ चन्द्रागिरि नगरपालिकास्थित मातातिर्थमा कार्यक्रम गरिएको हो ।

आयुर्वेदको माध्यमबाट पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउनको लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।  आयुर्वेदका औषधिहरूले मालिस, बाफले सेक्ने आदि विधिहरू रोगी व्यक्तिका लागि मात्र नभई तनाव व्यवस्थापन तथा स्वास्थ्य प्रवर्द्धन हेतु समेत प्रभावकारी रहेको हुनाले पर्यटकहरूका लागि आकर्षक रहेको छ ।

पूर्वीय दर्शनमा वर्णन गरिएको योगका विभिन्न विधिहरू तर्फ समेत पर्यटकहरूको आकर्षण बढेको र उक्त सेवाहरू आफ्ना होमस्टे, होटेल तथा रिसोर्टहरुमा लागू गरिएको खण्डमा पर्यटकहरूको नेपाल बसाई लम्ब्याउन सकिने भएकाले यसतर्फ समेत ध्यान पुर्‍याउन आवश्यक रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको बुझाई छ ।

अभिमुखीकरणबाट लामो पदयात्रा गर्ने पर्यटकहरूका लागि सोही स्थानका होमस्टे, होटेल तथा रिसोर्टहरुमा आयुर्वेदिक मालिस सेवा प्रदान गर्न सकिने अपेक्षा गरिएको छ । यसबाट चिकित्सा पर्यटनको विकास र प्रवर्द्धन भएको हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिनाभरी नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत

विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा …

प्रतिकृया दिनुहॊस