नेकपाका नेताले १८ वर्षीया युवती बेपत्ता बनाएको आरोप,फेसबुक म्यासेन्जरमा भेटियो अश्लिल कुराकानी

काठमाडाैं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलकी एक युवती एक हप्तादेखि हराइरहेकी छन्। माधव थापाकी १८ वर्षीया छोरी उषा कार्तिक ५ गतेदेखि हराएकी हुन्।

पिता थापाले कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी घरबाट निस्किएकी छोरी उषाको अहिलेसम्म अत्तोपत्तो नभएको जानकारी दिए। महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा छोरी हराएको भोलिपल्टै जानकारी दिँदा पनि छोरीको अवस्था थाहा नभएको उनले बताए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा भक्तपुरबाट इश्वरकाजी खाइजूले लेखेका छन्।

उनले आफ्नो साला नाता पर्ने भक्तपुरकै चाँगुनारायण नगरपालिका ९ ताथलीका ईश्वर खड्काले छोरी उषालाई अपहरण गरेको भन्दै वृत्तमा किटानी जाहेरीसमेत दिएका छन्। उनको किटानी जाहेरीको आधारमा वृत्तले खड्कालाई हिरासतमा राखेको छ। खड्का सत्तारुढ नेकपा (नेकपा) स्थानीय नेता हुन्। उनी तत्कालीन एमालेको खेलकुद महासंघको भक्तपुर सचिवसमेत हुन्।

उनलाई जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए। उषा र खड्काबीच फेसबुक मेसेन्जरमा कुराकानी भएको आधारमा प्रहरीले खड्कामाथि अपहरण नभई साइबर क्राइमअन्तर्गत मुद्दा चलाएको उनले बताए। फेसबुक मेसेन्जरको च्याटिङमा नाताले मामा भाञ्जी भए पनि अश्लीलभन्दा पनि अश्लील शब्द प्रयोग अन्तरंग कुराकानी भएको पाइएको प्रनाउ शर्माले बताए।

उक्त च्याटिङमा खड्काले उषालाई पटकपटक पैसा दिएको, मोबाइल रिचार्ज गर्न पिन नम्बर पठाएकोसमेत उल्लेख रहेको वृत्तले जनाएको छ। उषाका बुबा माधवले उक्त च्याटिङको आधारमै खड्काले नै आफ्नो छोरी अपहरण गराएको आरोप लगाएका छन्। उनले आफू भक्तपुरमै बसेर उषालाई अरु केटा लगाएर अपहरण गराएको दाबी गरे।

‘ईश्वर खड्काले नै मेरी उषालाई अपहरण गराएको हाम्रो आशंका छ’, बुबा थापाले भने, ‘नत्र हराएको एक हप्ता हुँदा पनि छोरी किन फेला परिनन्।’ प्रहरीले भने उनको आरोप स्वीकार गर्न सकेको छैन। प्रहरीले उषा हराएपछि उनको कोठामा खानतलासी गर्दा दुई फरकफरक चिठ्ठी बरामद गरेको छ। उक्त चिट्ठीमा मामा (ईश्वर खड्का) को कुनै दोष छैन भनी लेखिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।

‘उषाले लेखेको चिठ्ठीमा मामाको दोष छैन भनेको छ। बरु अरु दुई केटाको नाम उल्लेख भएको छ’, उनले भने, ‘दुई केटामध्ये एकजना वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन्। अर्को केटाको पहिचान हुन सकेको छैन।’ यता उषाको घरपरिवारले सत्तारुढ नेकपा (नेकपा) स्थानीय सांसददेखि नेता, मेयरलगायत खड्कालाई जोगाउन प्रहरीलाई दबाब दिन थालेको आरोप लगाएका छन्।

दबाबकै कारण आफूले अपहरणको मुद्दा राख्न खोज्दा पनि जगाती प्रहरीले साइबर क्राइममात्रै आकर्षित हुने गरी मुद्धा दर्ता गरेको उषाका बुबा माधवले आरोप लगाए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सेलमा कार्यरत जवान करिश्मा मृत फेला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत …

प्रतिकृया दिनुहॊस