पूर्वाञ्चाल विश्वविद्यालयले गर्‍यो १३ कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर

धुलिखेल । विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसंग समझदारी गरेको छ ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायका विभिन्न बिषय अध्ययन गरेका विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, फ्याकल्टी एक्सचेञ्ज लगायतका काम गर्ने गरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधीविच हस्ताक्षर भएको हो ।

विश्वविद्यालयले द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौं सेन्टर फर जियोनोमिक्स, एनएमबी बंैक, लिपफ्रग टेक्नोलोजी, इन्फो डेभेलपर प्रा.लि, ओम फर्मास्युटिकल्स एण्ड ल्याब्रोटोरिज, द युज मेसिन नेपाल प्रा. लि., नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रा.लि, नेपाल एग्रो सेन्टर प्रा.लि र नेपाल एग्रो इक्वइप्मेन्ट प्रा. लि, मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एशोसियट, मुम्बई लगायतका १३ संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

एनएमबीसंगको समझदारी अनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई ५ लाख सम्म आधार व्याजमा २ प्रतिशत नबढ्ने गरी अध्ययन कर्जाउपलव्ध गराउनेछ । विश्वविद्यालयकोतर्फबाट विज्ञान तथा प्रविधी संकायका डिन प्रा.डा. पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाईले हस्ताक्षर गरेका छन् ।

विभिन्न कम्पनीका प्रतिनिधीले सम्झौताले दुवै पक्षको हितमा काम गर्ने विश्वाससहित विश्वविद्यालयसंग सहकार्य गर्न पाउँदा खुशी र आभार प्रकट गरेका छन् । उपकुलति प्रा.डा. विजु कुमार थपलियाले सम्झौताले दुबै पक्षको हित हुने विश्वास व्यक्त गर्दै आफूलाई खुशी लागेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ओरालो यात्रामा सुनको भाउ, दुई सातामा ८ हजार ८ सय रुपैयाँ सस्तो

काठमाडौं । नेपालमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । पछिल्ला दुई सातामा मात्रै सुन प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको हो । कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य अहिले प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको छ ।

प्रतिकृया दिनुहॊस