इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्रभु बैंकलाई

काठमाडौं । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ प्रभु बैंक लिमिटेडले जितेको छ । प्रभु बैंकले गोल्ड अवार्ड जितेको हो ।

इकोसिस्टममा आधारित इनोभेसन श्रेणीमा डिजिटल संलग्नतालाई अधिकतम बनाएर सकारात्मक ग्राहक अनुभव सुनिश्चित गरेको आधारमा बैंक पुरस्कृत भएको हो । डिजिटल इकोसिस्टमलाई अपग्रेड गरी ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राखेर सेवा प्रवाह गरेको आधारमा बैंक पुरस्कृत भएको हो ।

१० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा प्रभु बैंक विजेताको रूपमा छनोट भएको जनाइएको छ ।

बैंकको डिजिटल बैंकिङको सरल र सहज सुविधा ग्राहकले प्राप्त गरेको सन्तुष्टिका कारण बैंकले अवार्ड जितेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । यो अवार्डले आगामी दिनमा ग्राहकको सहभागिता व्यापक गराउन र थप सेवा र सुविधा प्रदान गर्न उत्साहित बनाएको उनले बताए ।

यसअघि प्रभु बैंकले बैंक अफ दी इयरको पनि अवार्ड जितेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टरकार्ड

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले नेपालका ग्राहकका लागि मास्टरकार्ड प्रयोगमा ल्याएको छ । पोखरामा …

प्रतिकृया दिनुहॊस