१७ सयले बढेर सुनको मूल्यमा बन्यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्यले प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो ।
यो दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत जेठ ७ गते १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएर सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । यो दिन तेजाबी सुन भने तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन चाँदीको मूल्य भने घटेको छ । चाँदीको प्रतितोला २५ रुपैयाँ घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds