news

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनाहुदाँ, तीनको मृत्यु

 काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएराति  बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  ।मृत्यु  हुनेमा मेलम्ची नगरपालिका– ९ का सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बो भएको  प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट रातमाटे जाँदै गरेको   बा१८च४६९९ नम्बरको बोलेरो सडकबाट करिब २५० मिटर तल खसेको छ। बोलेरोमा तीन जना सवार रहेकोमा तीनै जनाको ज्यान गएको प्रहरीले  जनाएको छ।

पुरा पढ्नुहॊस »

सांसदको पोसाक निर्धारण : महिलालाई कोट, पुरुषलाई टोपी

सुर्खेत । संसद् बैठक सुरु भएको करिब दुई महिनापछि कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको छ। संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरेको हो। अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद् बैठकमा सहभागी हुनुपर्नेछ। संसद्मा पुरुष र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको छ। यस्तै पुरुष सांसदका लागि भने कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ। यसअघि संसद्ले कार्यव्यवस्था परामर्श समितिले तोकेको पोसाकलाई अपनाउने निर्णय गरेको थियो। यसअनुसार समितिले …

पुरा पढ्नुहॊस »

सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण

काठमाडौं । युद्धग्रस्त सिरियाको एक सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको छ । सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै विस्फोटका ठूला आवाजहरु सुनिएको र त्यहाँ मिसिाइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । स्थानीय सन्चार माध्यमहरुका अनुसार धेरै व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ ।   सिरियाको बिद्रोही नियन्त्रित क्षेत्र डौमामा भएको मिसाइल आक्रमणको विश्वमै निन्दा भइरहेका बेला केही समयअघि सक्रिय पारिएको सैन्य …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र नेपाल संस्कृत विश्वविद्यालयबीच सम्झौता

काठमाडाै‌ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले हस्ताक्षर गरेका  छन् । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत माहानुभावहरुलाई बैंकले आफ्ना आधुनिक बैंकिङ सेवाहरु प्रदान गराउदै जाने जानकारी दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले हालसम्म …

पुरा पढ्नुहॊस »

कर्णाली पत्रकार समाज गठन, अध्यक्षमा भरतबन्धु थापा

काठमाडौं ।   कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौँ आएर पत्रकारिता गर्ने  पत्रकारहरुको भेलाले कर्णाली पत्रकार समाज गठन गरेको छ ।  विभिन्न मिडिया हाउस र सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको शनिबारको भेलाले कर्णाली पत्रकार समाज, काठमाडौं गठन गरेको हो । पर्यटन तथा फोटो पत्रकार भरतबन्धु थापा (दैलेख)को अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा डिल्ली पाण्डे (जुम्ला), महासचिवमा कमल न्यौपाने (सुर्खेत), सचिवमा गीता थापा (सुर्खेत) र कोषाध्यक्षमा रविन्द्र सुवेदी (दैलेख) लाई …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंककाे नगद वितरण कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र Welt Hunger सहकार्यमा चैत्र११–१८गते सम्मगरी ८ दिनसम्म नगद वितरण कार्यक्रमको आयोजना गरेको छ। विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत  “कामका लागि नगद” वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो। धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा नगदवितरण (Cash Camp) कार्यक्रमको आयोजना गरी बैंकले २६५० परिवारलाई कूलनगद रु ३३,११४,०००.००वितरण गरेको हो । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा …

पुरा पढ्नुहॊस »

सलमानसँग प्रहरीले सेल्फी खिच्न पाएनन्

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई प्रत्यक्ष भेट्ने जाेकसैले पनि सेल्फी लिर्इहाल्छन् । तथापि अहिले उनी जेल पर्दा त्यहाँ कसैले उनीसँग सेल्फी खिचेनन् । कालो हरिण शिकारको अभियोगमा दुई दिन जेल बसेका थिए सलमान । त्यतिबेला जेल प्रशासनले प्रहरीलाई सलमानसँग सेल्फी नलिन उर्दी  जारी गरेको थियो । कालो हरिण शिकारको अभियोगमा जोधपुर अदालतले पाँच वर्ष जेल सजाय तोकेपछि सलमानलाई सेन्ट्रल जेल लगिएकाे थियो । अदालतको आदेशपछि उनी ५० हजार धरौटीमा …

पुरा पढ्नुहॊस »

अमेरिकी राष्ट्रपति ट्रम्पको निजी निवासमा आगलागी, ट्रम्पले ट्वीट गरे

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी निवासमा आगलागी भएको छ । विविसी विश्व सेवाका अनुसार न्यूयोर्कको उनको निजी निवास  ट्रम्प टावरमा आगलागी भएको हो । सो आगलागीबाट एक ब्यक्ति गम्भीर घाइते भएका छन् । सो भवनमा ट्रम्पको घर तथा ट्रम्प ग्रुपको केन्द्रीय कार्यालय पनि छ । तर राष्ट्रपति ट्रम्प र उनको परिवार अहिले वासिंटनमा रहकाे बताइएको छ । आगलागी नियन्त्रणको काम भइरहेको छ भने ट्रम्प भवनको ५० औं तलामा …

पुरा पढ्नुहॊस »

हिन्दु धर्मगुरुमाथि विराटनगरमा गोली प्रहार

विराटनगर।   विराटनगरमा हिन्दु धार्मिक गुरुमाथि गोली प्रहार भएको छ। साप्ताहिक ज्ञान महायज्ञका लागि विराटनगरमा रहेका श्रीनिवास आचार्यमाथि शनिबार बिहान २ बजेतिर गोली प्रहार भएको हो। विटारनगर महानगरपालिका-१४ जतुवास्थित रामजानकी धर्मशालामा आसनबाट पिसाब फेर्न बाहिर निस्किएको बेला अचानक तीन फायर गोली चलेको र एउटा गोली आचार्यको छातिको दायाँतर्फ गोली लागेको छ। लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय आचार्य हिन्दुवादी सन्त हुन। आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ। …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा कर्णाली प्रदेशका ८ विद्यार्थीलाई २ लाख छात्रवृत्ति

काठमाडौं । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो । मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »